site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश १ : तयारीबिनै एक करोड ३३ लाखको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता
Ghorahi CementGhorahi Cement

विराटनगर । जम्मा पाँच दिनको तयारीमा प्रदेश १ मा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता गर्ने सुरसार थालिएको छ । असार १६ गतेदेखि सुरू हुने प्रतियोगिताका छनोट खेल प्रदेश राजधानी विराटनगर बाहेकका सहरमा हुँदैछन् ।

प्रदेश सरकारको रु. एक करोड र अखिल नेपाल फुटबल संघ(एन्फा)को रु. ३३ लाख गरी कूल १ करोड ३३ लाख रुपैयाँ प्रतियोगितामा खर्च हुने आयोजकको दाबी छ । विराटनगरमा सोमबार गरिएको पत्रकार सम्मेलनमा १६ गतेदेखि हुने प्रतियोगिताको तयारी स्वरुप भाग लिने हरेक क्लबलाई ५० हजार र १५ थान फुटबल प्रदान गरिने एन्फाका सचिव किरण राईले बताए । 

Agni Group

उनले भने, ‘‘प्रतियोगिताको तयारीलाई तिव्रता दिएका छौं ।’’ उनले प्रतिस्पर्धालाई व्यवस्थित गर्ने दाबी गरे पनि वर्षातमा हतारमा असारे बजेट सक्न प्रतियोगिता गर्न लागिएको भन्दै खेलक्षेत्रमै टिकाटिप्पणी भएको छ । 

मध्य असारमा प्रतियोगिता सुरू गर्ने भनिएकोले पानी परे कसरी खेल गर्ने भन्‍नेबारे पनि एन्फाले स्पष्ट गरेको छैन । यही सातादेखि मनसुनसमेत सक्रिय हुने भएकोले यो फुटबल प्रतियोगिताका खेल निरन्तर हुनेमा आशंका गरिएको छ ।

Global Ime bank

एन्फाका अनुसार लिगमा प्रदेश १ का १४ वटै जिल्ला सहभागी हुनेछन् । तीनवटा स्थानमा उद्घाटन खेल हुनेछ । जसअनुसार उदयपुरको गाइघाटमा  १६ गतेदेखि खेल सुरू हुनेछ । मोरङ, उदयपुर,सोलुखुम्बु खोटाङ र ओखलढुंगाबीचको खेल गाइघाटमा हुने बताइएको छ । सुनसरीको धरानमा १७ गतेदेखि तेह्रथुम, धनकुटा , भोजपुर ,संखुवासभा र सुनसरीबीच खेल हुनेछ । यसैगरी १८ गते इलाममा खेल हुनेछ । इलाममा हुने खेलमा झापा, पाँचथर, इलाम र ताप्लेजुङबीच हुनेछ ।

राईले तीन स्थानमा भएको खेलबाट ६ टिम छनौट भएर आउने छन् । उनीहरुबाट फाइनलमा पुग्‍ने टिमले विराटनगरमा फाइनल खेल खेल्नेछन् । फाइनल खेलको मिति भने टुंगो लागेको छैन । पहिलो पुरस्कार रु. ५ लाख, दोस्रो पुरस्कार रु. ३ लाख, तेस्रो , चोथो, पाँचौ र छैटौंलाई ७५ हजार पुरस्कार राखिएको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख, म्यान अफ द म्याचलाई ५ हजार , फाइनलको म्यान अफ द म्याचलाई १० हजार र विभिन्न ६ वटा विधाका खेलाडीहरुलाई रु. २५ हजार प्रदान गरिने छ । 

सामाजिक विकास मन्त्रालय प्रदेश १ को सहयोगमा अखिल नेपाल फुटबल संघको आयोजनामा पहिलो पटक प्रदेशस्तरीय लिग हुन लागेकोले यो प्रदेशवासीकै गौरवको विषय भएको एन्फाका सचिव किरण राई दाबी गर्छन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  २१:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC