राजनीति
कञ्चनपुर । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, कन्चनपुरले मशाल जुलुस प्रदर्शन गरेको छ ।
भिमदत्तनगर र शुक्लाफाँटा नगर क्षेत्रमा सोमबार साँझ मशाल जुलुस निकाल्दै नेकपाले राज्यले आफुहरुलाई शान्तिपुर्ण तरिकाले राजनीतिक गतिविधि सञ्चालन गरिरहेका बेला हत्या गरेको भन्दै सरकारले देशलाई जर्वजस्त द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएको छ ।
शुक्लाफाँटामा मशाल जुलुसपछि नेपाले कोणसभा गरेको थियो । कोण सभालाई सम्बोधन गर्दै स्थानीय नेताहरुले सरकारले अनावश्यक दमन गरेको भन्दै यो सरकारको अन्त्य अनिवार्य हुँदै गईरहेको बताए ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६ २०:२३
प्रतिक्रिया दिनुहोस्