site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गण्डकी प्रदेश सभा स्थगित गर्नु मूर्खता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

लोकतन्त्रलाई जीवन पद्धति नठान्नेहरू लोकतान्त्रिक मूल्य मान्यतालाई पनि रणनीतिक अभ्यासका रूपमा अपनाउँछन् । पछिल्ला वर्षहरूमा संसार लोकतन्त्रका नाममा लोकतान्त्रिक मूल्यमान्यतामाथि निर्मम प्रहार गर्ने निर्वाचित तानाशाहहरूको उदय भएको छ । अमेरिका वा भारतजस्ता ठूला र पुराना लोकतन्त्रहरूमा त निर्वाचित कार्यकारीहरूमाथि लोकतान्त्रिक मूल्य मान्यतामा प्रहार गरेको आरोप लागेको छ भने नेपालका कम्युनिस्ट शासकहरूले लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासको उपहास गर्नु आश्चर्यको विषय होइन । यसैले गण्डकी प्रदेशको सरकारले बजेटमा गरेको त्रुटि विपक्षले औँल्याएपछि छलफल गरेर सुधार गर्नुको साटो अनिश्चित कालसम्मका लागि प्रदेश सभाको बैठक नै स्थगित गरेको घटना लज्जास्पद र अनुचित भए पनि अनौठो मान्नु पर्दैन । विपक्षी नेपाली कांग्रेसले बजेट र योजना पुस्तिकामा बग्रेल्ती त्रुटि देखाएपछि शुकवार प्रदेश सभा आइतवारसम्मका लागि स्थगित गरिएको थियो । तर, आइतवार समस्या समाधान गर्नुको साटो अर्को बैठकको मिति नै नतोकी सूचना टाँसेर प्रदेश सभाको बैठक स्थगित गरिएको छ । 

प्रदेश सभाका सभामुख वा मुख्यमन्त्रीको संसदीय अभ्यासमा विश्वास भएको भए विपक्षसँग बसेर छलफल गरी समाधान निकाल्ने बाटो अवलम्बन गर्ने थिए । गण्डकी प्रदेशको सरकारले प्रस्तुत गरेकोे आर्थिक वर्ष २०७६÷०७७ को बजेट र विनियोजन विधेयकमा अंक फरक परेपछि प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन खोजेको थियो । प्रदेश सभाको बैठक स्थगित गरिएपछि कांग्रेसले बजेट र विनियोजन विधेयकका त्रुटिहरू सदनमा राख्न पाएन । सरकारको आफ्नो कमजोरीको पोल खुल्ने थाहा पाएपछि सदन नै रोकेको आरोप पत्रकार सम्मेलनमार्फत कांग्रेसले लगाएको छ । त्यसो त कांग्रेसले विनियोजनमा भएका पक्षपातका विषयमा पनि असन्तुष्टि प्रकट गरेको छ । बजेटमा सरकारको तजबिजमा अपारदर्शीरूपमा वितरण हुने अपारदर्शी रकम राखिएकोमा पनि प्रदेश सभामा मुख्य विपक्षी दलका सदस्यले सरकारको आलोचना गरेका छन् । बजेट विनियोजनको विषयमा सरकार र विपक्षका प्राथमिकता तथा दृष्टिकोणमा अन्तर हुनसक्छ । तर, अहिले गण्डकी प्रदेश सभा स्थगित भएको विषय भने बजेटमा देखिएको मतभेद नभएर बजेट र कार्यक्रम पुस्तिकामा भएका अंक नै फरक पर्नु हो । संसदीय अभ्यासमा यसो हुनुलाई गम्भीर त्रुटि मानिन्छ ।  

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गर्नुको साटो विपक्षलाई स्थगन प्रस्ताव राख्न दिएर छलफल गरेको भए समस्या छिटो र सजिलोसँग टुंगिने थियो । लोकतन्त्रमा सरकारले पनि आफूले गरेको त्रुटिका लागि क्षमा याचना र सुधार गर्न हिचकिचाउनु पर्दैन । संवाद र सुधारका लागि सधैँ तत्पर रहनु नै त लोकतन्त्रको सुन्दर पक्ष हो । तर, गण्डकी प्रदेशका मुख्यमन्त्री र सभामुखले संसदीय लोकतन्त्रको सुन्दर पक्षलाई रोजेनन् । बजेटमा देखिएको त्रुटि औंल्याइँदैमा सरकार गिर्ने त थिएन । बरु, सुधारपछि बजेट र कार्यक्रम पुस्तिकामा एकरूपता कायम गर्न सरकारलाई नै सहयोग पुग्थ्यो । यसैले प्रदेश सभाको बैठक स्थगित गरी छलफलबाट भागेर गण्डकी प्रदेश सरकारले गलत परम्परा बसाल्ने मूर्खता गरेको छ । लोकतन्त्र र संसदीय मूल्यमा गण्डकी प्रदेश सरकारका हर्ताकर्ताहरूको विश्वास छ भने यथाशीघ्र सदन सञ्चालन गरी बजेट र कार्यक्रममा रहेका त्रुटि सच्याउनुपर्छ । आलोचना नहोस् भनेर सदनलाई सधैँ नै स्थगित गर्न त पक्कै सकिनेछैन । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको ‘‘सरकारको आलोचना हुन्छ भनेर सदन चल्न नदिने हो भने लोकतन्त्र कसरी जीवन्त हुन्छ ?’’ भन्ने प्रश्नमा गण्डकी प्रदेश सरकारले गम्भीरतापूर्वक ध्यान देओस् ! 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC