site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 पानीको अभावमा बाँच्न सिक्दैछन् चेन्नइका ७४ लाख मानिस
Sarbottam CementSarbottam Cement

चेन्नई । भारतको तमिलनाडुको राजधानी चेन्नइ अहिले पानीको संकटमा परेको छ । यो सहरका मानिस अहिले पानीको अभावमा पनि कसरी बाँच्ने भनेर सिकिरहेको जस्तो लाग्दछ । चेन्नइमा माछा मार्नेहरुको एक कोलोनीमा पानीको संकटमा परेका मानिसको बारेमा बयान गरी साध्य छैन । 

बोरवेलबाट निकाल्ने पानीको पनि अहिले यहाँ अभाव  छ । सरकारले ट्यांकीबाट जुन पानी उपलब्ध गराइरहेको छ त्यो फोहोर छ । त्यस्तो पानी पनि मुश्किलले दिनको एक पटक पाइन्छ । यो अवस्थाकोे बावजुदपनि यो कोलोनीमा रहने महिला सरिता संकटको बेलामा पनि साहसको परिचय दिइरहेकी छन् । सरिता भन्छिन्,‘‘पहिला हामीलाई पिउनको लागि नै पानी थिएन । केही मात्रै भएपनि अहिले पानी मिल्नु ठूलो कुरा हो ।’’

Prabhu Bank
Agni Group
NIC Asia

यो कुरा सही हो कि सरिताले फोहर पानीका कारण केही मानिस बिरामी भएको सुनेकी छन् ।  तर, उनको क्षेत्रमा सबैले फोहोर पानी पिएर समस्या ब्यहोर्नु परेको भन्ने बारेमा उनी निश्चित छैनन् । यो फोहोर पानी सहरको  बीचमा रहेको एउटा पम्पबाट आउने गरेको छ ।  यो पम्प बीचबाटोमा कतै फाटेको छ । त्यसका कारण पानीमा माटो मिसिएर आउने गरेको छ । यो क्षेत्रका मानिस भने पम्पको वरपर रहेको फोहोर सफा गर्न लागिपरेका छन् । अनि कतिपय मानिसल लाइन लागेर पानी लिइरहेका छन् । 

स्थानीय नागरिक विजयश्री भन्छन्, ‘‘हरेक घरलाई ड्रममा पानी मिल्ने गरेको छ । हामी सबै यसलाई शेयर गर्छौ । पहिला हामीबीच पानीको मात्रालाई लिएर झगडा पर्दथ्यो । तर अहिले यस्तो छैन ।’’ यदि हामीलाई पर्याप्त पानी मिलेन भने झगडा स्वाभाविक हो ।  माछा मार्नेहरुको बस्तीमा पानीलाई लिएर संघर्ष भइरहेको छ । सो संघर्षको झलक सहरभरी देखिन्छ । 

Global Ime bank

चार वर्ष पहिला उत्तर पूर्वी मनसुनको कारण यो सहरलाई बाढीको सामना गर्नु परेको थियो । तर २०१८मा मनसुन कमजोर हुन गयो । यसको ६ महिनापछि चेन्नईका चार वटा ठूला जलाशयमा पानी घट्न पुग्योे । पान्डी जलाशयको क्षमता ३२३१ मिलियन क्युबिक फिट छ तर यसमा केवल २६ मिलियन क्युबिक फिट पानी छ । चोलावरमको कूल क्षमता १०८१ मिलियन क्युबिक फिट र रेड हिल्सको क्षमता ३३०० मिलियन क्युबिक फिट हो । तर यी दुई जलाशयमा बिलकुलै पानी छैन । यसका साथै चेमपाराबक्कम जलाशयको क्षमता ३६५४ मिलियन क्युबिक फिट रहेको छ । सन् २०१५मा यो जलाशयमा पानी धेरै हुँदा चेन्नईमा बाढी आएको थियो । तर, गएको १६ जुनमा यो जलाशयमा केबल १ मिलियन क्युबिक फिट पानी बचेको छ । चेन्नई नगर निगम जलापूर्ति तथा सिवरेज बोर्डले चेन्नई हाइकोर्टमा पानीको अभावको बारेमा निवेदन दर्ता गरेको छ । 

चेन्नईमा मनसुनको समयमा वर्षा हुने गर्छ । जबकी पुरै देशमा दक्षिण— पश्चिम मनसुन आउँदा वर्षा हुने गरेको छ । ७४ लाख मानिस बस्ने यो सहर ४३६ वर्ग किमीको क्षेत्रमा फैलिएको छ । तर, यो सहर पानीको कमी पूरा गर्न र खेतीका लागि कुवाको पानी प्रयोग गरिरहेको छ । पानीको कमीबाट गुज्रिरहेको चेन्नईमा एक ट्यांकर पानीको मूल्य ५ गुणासम्म बढेको छ । 

पश्चिमी ममबलममा रहने अनुराधा सांथानम भन्छिन्, ‘‘हामी पहिला पानीको लागि १ महिनामा १ हजार रुपैयाँ खर्च गथ्र्यौ । हामी १६ घर यहाँ बस्छौं । तर, अहिले हामीलाई पानीको लागि प्रति महिना ४ हजार रुपिया खर्च गर्नु पर्ने अवस्था भएको छ । कहिलेकाही जब तापमान बढ्छ त्यतिबेला हामीलाई त्यो पानीबाट नुहाउनुपर्छ जुन हामी पीउन र खाना बनाउन प्रयोग गर्छौं । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC