site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपाल र भारतबीचमा संसारमै नभएको खुला सीमा छ । एक देशका नागरिकले अर्को देशमा पनि आफ्नै देशसरह विनाअवरोध आवागमन, बसोवास र बन्दव्यापार गर्न पाउने व्यवस्था सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा छ । तर, सन्धिमा रहेको यस व्यवस्थामा केही वर्ष यता दुवै देशले आआफ्नै सुविधाअनुसार परिवर्तन गर्दै आएका छन् । हालैमात्र विदेशबाट फर्केर भारत प्रवेश गर्नु परेमा नेपालीलाई प्रवेशाज्ञा (भिसा) चाहिने व्यवस्था लागु भएको छ । ।  चीन, पाकिस्तान, हङकङ, मकाउबाट आउने नेपालीले भारतको भिसा लिनुपर्ने नियम बनाइएको छ । त्यसैगरी भारत हुँदै खाडी मुलुकलगायत केही देशमा जान नयाँ दिल्लीस्थित नेपाली दूतावासको सिफारिस पत्र चाहिन्छ । यसै पनि नेपाली यात्रुका लागि उति सहज नहुने गरेको भारतका विमानस्थलहरूमा नयाँ नियमबाट नेपालीलाई असुविधा थपिएको छ ।  

भारत हुँदै बाहिर जाने नेपालीलाई सिफारिस पत्र (नो अब्जेक्सन सर्टिफिकेट) चाहिने नियम नेपालको अनुरोधमा र भारत हुँदै फर्कँदा भिसा चाहिने नियम भारतको निर्णयमा लागु भएको हो भन्ने स्पष्टै बुझिन्छ । नेपालले विशेषगरी वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जानेहरूलाई मानव तस्करको जालमा पर्नबाट जोगाउन सिफारिसको व्यवस्था गरेको हुनुपर्छ । भारतले भने उसको कूटनीतिक सम्बन्ध राम्रो नभएका मुलुकहरूबाट आउने नेपालीलाई निगरानी गर्नका लागि भिसाको व्यवस्था गरेको हुनसक्छ । आफ्नो देशमा प्रवेश गर्न प्रवेशाज्ञा लिनुपर्छ भन्ने अधिकार भारतलाई हुन्छ । बेलायतलगायत कतिपय मुलुकमा नेपालीले ट्रान्जिटका लागि समेत भिसा लिनुपर्ने नियम छ । तर, निर्बाध आवागमनको बानी परेका नेपालीहरूका लागि नयाँ व्यवस्थाले अप्ठेरो भने पक्कै पनि बनाएको छ । 

नेपाल आउँदा भारतीयहरू जहाँबाट आए पनि भिसा नचाहिने र नेपालबाट जाँदा कुनै भारतीयलाई सिफारिस पत्र आवश्यक नहुने तर नेपालीलाई मात्र चाहिने व्यवस्थालाई समान भन्न मिल्दैन । खाडी वा अन्यत्र कतै नेपाली कामदारलगायतको सुरक्षा गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्छ । तर, नेपालको विमानस्थलमा जस्तै व्यवस्था गर्न भारतलाई अनुरोध गर्नु उचित देखिँदैन । नेपालकै विमानस्थलमा त वैदेशिक रोजगारीमा जानेहरूसँग गरिने व्यवहार सुखद हुँदैन । भारतको विमानस्थलमा उनीहरूसँग कस्तो व्यवहार होला वा पाकिस्तान र चीनबाट आउने नेपालीसँग भारतीय अद्यागमनमा कस्तो व्यवहार होला त्यो सहजै अनुमान गर्न सकिन्छ । नागरिकको मनोबल खस्काउने काम राज्यबाट हुनुहुँदैन । त्यसैले कि यस्ता असमान व्यवस्था सच्याउन सरकारले पहल गर्नुपर्छ नभए त्यसको दीर्घकालीन समाधान खोज्नुपर्छ । एक अर्को मुलुकका नागरिकको आवागमनको निगरानी गर्नुपर्ने अवस्था छ भने त्यसलाई स्वीकार गर्न पनि हिचकिचाउनु हुँदैन । त्यसको समाधान दुई देशको सीमा नियमनबाटै सुरु गर्नु बढी उपयुक्त हुनेछ । भारत सरकारले बुझ्न आलटाल गरेको नेपाल – भारत प्रबुद्ध समूहको प्रतिवेदनमा पनि सीमा नियमन गर्ने सुझाव दिइएको बताइएको छ । अध्यागमनको यस्तै झन्झटका कारण दुई देशबीचको सम्बन्ध थप कटु हुन रोक्न पनि तत्काल छलफल गरेर समस्या टुंग्याउनु पर्छ । नेपाल र भारत दुवै देशले यसमा ध्यान दिऊन् ! 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC