site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘ढोका नथुनी’ पढेरै लोकसेवामा एक नम्बर
Sarbottam CementSarbottam Cement

नामः सरिना रेग्मी
उमेरः २२ वर्ष
तहः  शाखाअधिकृत
सेवाः नेपाल न्याय सेवा (खुला)

० ० ०
यतिमात्रै त असामान्य होइन सायद । २२ वर्षको उमेरमा खोज्दै जाँदा निजामति सेवाको अधिकृतमा अरु महिला पनि प्रवेश गरेका होलान् । तर, उनको नाम २५१ जनामा एक नम्बरमा निस्कियो । प्रतिस्पर्धी १६ सय थिए । यतिमात्रै पनि होइन, सरिनाले लोकसेवा आयोगको परीक्षा पहिलोपटक दिएकी हुन् । कर्म र भाग्य सायद दुवैले साथ दिए । दोहोर्‍याएर रट्नु परेन । र, दोस्रोपटक परीक्षा पनि दिनु परेन । 

सरिना लोकसेवाको तयारी कक्षामा पनि गइनन् । घरमै बसेर पढिन्, त्यो पनि निकै छोटो समय । 

तीन महिना अगाडि लोकसेवा आयोगले न्याय सेवातर्फ २५१ जना अधिकृत माग्दै ‘गोरखापत्र’मा सूचना निकाल्यो । एलएलबीको परीक्षा भर्खर सकिएको थियो । शोधपत्र लेख्नै बाँकी थियो । लोकसेवामा फर्म भर्ने अन्तिम म्यादसम्म शोधपत्र लेखेर कलेजलाई बुझाएर त्यसको नतिजा हात लाग्छ कि लाग्दैन ? मनमा प्रश्न जन्मियो । अर्थात् फर्म भर्नका लागि उनलाई स्नातकोत्तर तह उत्तीर्ण गरेको सर्टिफिकेट चाहिन्थ्यो । बुझिन् कलेजमा । कलेजले सम्भावना छ भन्यो । शोधपत्र सकिन् । नभन्दै अन्तिम दोस्रो दिन उनले अधिकृतमा फर्म भरिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरिना स्कुलकी एभरेज विद्यार्थी । ए लेभलले उनलाई ग्रिन सिग्नल दिएको थियो अब्रोड स्टडीका लागि । अधिकांश साथीहरु अमेरिका, अस्ट्रेलिया उडे । सरिनालाई भने विदेश मोहले छोएन । ‘काठमाडौं स्कुल अफ ल’ मा एलएलबी भर्ना भएकी थिइन् ।

विद्यालयदेखि नै उनको पढाईमा खासै त्यस्तो कुनै तौर तरिका पनि थिएन । कलेज पुग्दा पनि उनले साथीहरुले जस्तो रातरात बसेर पढिनन् । “राति अबेरसम्म बसेर पढ्ने मेरो बानी छैन । बिहान भने उज्यालो हुनु केही अगाडि उठेर पढ्छु,” सरिना भन्छिन्, “आयोग पनि मैले रातरात बिताएर पढिन । जसरी अरुबेला पढ्थेँ त्यसरी नै पढेकी हुँ ।”

Global Ime bank

सरिनासँग पढ्नलाई मुस्किलले तीन महिना समय थियो । कोर्स अफ स्टडी हेर्दा दुईटा पेपर कलेजमा पढेकै विषय थियो । त्यसैले खासै गाह्रो छ जस्तो लागेन । तर फरक थियो । त्यसले मनमा संशय खडा गरिदिएको थियो । 

जसरी भए पनि पास गर्नैपर्छ भन्ने दबाब थिएन । पहिलोपटक नै उत्तीर्ण हुनुपर्छ भन्ने कसैले दबाब पनि दिएको थिएन । त्यसैले उनले ‘रिल्याक्स’मै पढिन् । “तर स्कुलदेखिकै बानी हो भोलि के पढ्ने अघिल्लो दिन नै टिक (चिन्ह) लगाएर पढ्ने । मैले पढ्छु भनेर टिक लगाएको कुराचाहिँ म पढिसकेर मात्रै ब्रेक लिन्थेँ ।”

घरका आमा मञ्जु खतिवडा राष्ट्रिय मानव अधिकार आयोगकी डेपुटी डाइरेक्टर (उपसचिव), बुवा राजन रेग्मी सेक्सन अफिसर । त्यसैले घरमा पढ्ने वातावरण भने थियो ।

“परीक्षा दिएपछि के गर्ने ? समय खाली थियो । ठीक त्यही समयमा हामीले पत्रिकामा विज्ञापन देख्यौं । त्यो ट्रान्जिशनल पिरियडमा पढौं न त भनेर मात्रै उसले फर्म भरेकी हो,” सरिनाको छेउमै रहेकी उनकी आमा मञ्जुले भनिन्, “लोकसेवा दिएर सिभिल सर्भिसमा जान्छु भनेर प्रि–प्लान गरेर पढेको होइन । वकिल बन्छु भनेर चाहिँ भन्थी ।”

आमालाई सहज बनाउँदै सरिना भन्छिन्, “मलाई घरमा यो गर् त्यो गर् भन्ने प्रेसर छैन, फ्रिडम छ । म साथीहरुजस्तै पढ्न विदेश जान्छु भनेको भए पनि मलाई पठाउनु हुन्थ्यो ।” छेउमै रहेकी आमा मञ्जुले टाउको हल्लाइन्– “उसले भनेको भए हामी उसलाई बाहिर जान रोक्दैनथ्यौं । नयाँ विषयमा डिग्री लिन विदेश जानु पनि पर्छ । तर हाम्रो योङ जेनेरेसन सबै विदेशमै जानुपर्छ भन्ने प्रवृत्तिका हामी विरोधी हौं । नेपालमै बसेर केही गरोस् भन्ने हाम्रो चाहना थियो । नभन्दै उसले बाहिर जान्छु भनिन ।”

लिखित परीक्षा भयो । सरिनालाई आफूले राम्रै लेखेजस्तो लागेको थियो । मञ्जु भन्थिन्, “हाम्रोमा ११ पटक आयोग भिडेर आएका कर्मचारी पनि मैले देखेकी छु । सजिलो छैन ।” 
सरिना अतीत सम्झिन्छिन्, “फेरि उहाँ नै तेरो पढाई, आत्मविश्वास र नलेज देख्दा पास हुन्छेस्, चिन्ता नगर्  भन्नुहुन्थ्यो ।”

आमाको दुईथरी कुराले सरिनाको मन उद्धेलित बनाइदिन्थ्यो । छटपटी हुन्थ्यो । 

गएको जेठ चार गते नतिजा आएको सरिनाले सूचना पाइन् । मुटुको चाल बढ्यो । नतिजा हेर्नसक्ने आँट आएन । आमालाई बोलाएर हेरिदिन भनिन् । मञ्जुले आयोगको वेबसाइट खोलिन् । सरिना पनि आइन् । मञ्जुले वेबसाइट खोलेर सुरुमै स्क्रोल गरेर बीचमा पुर्याइन् । नाम खोज्दै गए, खोज्दै गए तर भेटिएन । कतै छुट्यो कि भनेर फेरि मञ्जुले स्क्रोल गरेर माथि ल्याइन् । “माथि त पक्कै छैन भनेर हामीले सुरुमै बीचतिरबाट हेर्‍यौं,” मञ्जु अपत्यारिलो सफलताको कथा सुनाउँछिन्, “जब हामी शुरुमा आइपुग्यौं । नाम देखियो सरिना रेग्मी । हामी जति खुसी भयौं त्यति नै विश्वास पनि लागेन ।”

मञ्जु बोल्दाबोल्दै सरिना उनलाई उछिन्छन्, “मलाई मै सरिना हो र ? भन्ने शंका लाग्यो । ममीबाबाकै नाम थिएन । निस्किए पनि एक नम्बरमा त कसरी निस्कियो होला र ? न लोकसेवाको कक्षा लिएको न अगाडि परीक्षा दिएको अनुभव । ममीले प्रवेशपत्र ले त भन्नुभयो । रोल नम्बर ट्याली गर्यौं । एउटै नम्बर थियो १३१९२७ दुवैमा । बल्ल विश्वास भयो ।” छाती फोडेर बाहिर निस्किएला जस्तो भएको मुटुको चाल बल्ल कम भयो । अनि सुरु भयो सेलिब्रेसन । मञ्जु अझै पनि भन्थिन्, “सरिना तेरै नाम निस्किएको हो नि ?”

“सरिना पास त हुन्छे जस्तो लागेको थियो । तर एक नम्बरमा त्यो पनि खुलामा चाहिँ निस्किएला भन्ने सोचेकै थिइन,” छोरीको सफलताको कथा सुनाउँदा मञ्जुको मुहार पनि चम्किलो हुन्छ । उनी आफ्नो प्रसंग पनि सुनाउँछिन्, “०७२ सालमा मैले पनि शाखा अधिकृतमा एक नम्बरमा नाम निकालेको थिएँ । भर्खरै सहसचिव र उपसचिवमा परीक्षा दिँदा दुईटैमा लिखितमा एक नम्बरमा निस्किएको थियो । पछि अन्तर्वार्तामा उपसचिवमा निस्कियो । उसको पढाइको भोलुम हेर्दा टप टेनमा चाहिँ निस्किन्छ कि जस्तो लागेको थियो ।” सरिनासँगै कम्बाइन स्टडी गर्ने पनि उनीसँगै पास भइन् । त्यसो त उनीसँगै कलेजमा पढेका ११ जना ब्याचमेट पास भए । 

सरिना अलिकति अगाडि फर्किइन् र अन्तर्वार्ताको प्रसंग पनि सम्झिइन्, “म लेख्न सकेपनि अरुको अगाडि बोल्न धक मान्ने, आत्तिने मान्छे । त्यसैले मलाई डर लागेको थियो । अन्तिममा मेरो पालो परेको थियो । खुब डर लागिरहेको थियो । अन्तर्वार्ता दिने साथीहरु विभिन्न कुराहरु सुनाइरहेका थिए । तीन जना हुनुहुन्थ्यो । एक जना त आयोगको अध्यक्ष उमेशप्रसाद मैनाली नै हुनुहुँदोरहेछ । उहाँले सुरुमै फन्डामेन्टल राइट्स र ह्युमेन राइट्समा के फरक छ भनेर सोध्नुभयो । हामीले सुरुदेखि नै पढेको त्यो पनि कानुनको बेसिक कुरा भएकाले मलाई सजिलो भयो । पहिलो प्रश्न नै सजिलो परेपछि आत्मविश्वास बढ्यो । सायद पहिलो प्रश्न गाह्रो परेको भए डर लाग्थ्यो होला ।”

सरिनालाई न मञ्जुले कहिल्यै यो बन्नुपर्छ भनिन् न त राजनले नै तिम्रो लक्ष्य यो हुनुपर्छ भनेर भने । त्यसैले उनी स्वतन्त्र थिइन् आफ्नो भविष्यका बाटो पहिल्याउन । ठ्याक्कै यही चलचित्र त भन्ने छैन तर चलचित्रमा वकिलले बहस गरेको देखेर सरिनालाई इष्र्या लाग्यो । ओहो ! कस्तो राम्रो ? कक्षा सातमै पढ्दा हेरेको त्यो चलचित्रले उनको भविष्यको उद्देश्य बोकाइदियो, वकिल हुन्छु भन्ने । साथीहरु डाक्टर पाइलट बन्छु भन्दै हिँड्थे । सरिना वकिल बन्छु भन्थिन् । तर, त्यो नै मेरो उनको एकमात्रै लक्ष्य भन्ने थिएन । मात्रै बन्छु भन्ने थियो । ‘पिङ्क’मा अमिताभ बचनले निभाएको वकिलको भूमिकाले उनलाई तान्यो । पटक पटक दोहोर्याएर हेरिन् । त्यसले पनि उनलाई लोभ्याएको थियो ।

वकिल बन्ने चाहनालाई एक्कासी दिएको लोकसेवाको परीक्षा र नतिजाले थाँती राखिदियो । बाटो परिवर्तन गरिदियो । एक नम्बरमा नाम निस्किएको थियो । कहाँ काम गर्ने रोज्ने पहिलो अधिकार उनकै थियो । कानुन मन्त्रालय रोजिन् । शुक्रबार जिन्दगीमा पहिलोपटक नयाँ अनुभव गरिन्, जागिरको ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC