site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसद्‍मा अमर्यादित जुहारी– ओली ‘करप्रसाद र झुटप्रसाद’, शेरबहादुर ‘छेरबहादुर’
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच बेलाबेलामा जुहारी नै चल्छ । उनीहरुले आफ्ना मर्यादा बिर्सिएर कतिपय अवस्थामा त रेकर्डबाटै हटाउनुपर्ने प्रकारका शब्दसमेत बोल्ने गर्छन् । 

आइतबारको संसद् बैठकमा पनि सत्तापक्ष र प्रतिपक्षी सांसदबीच त्यस्तै एउटा विषयमा जुहारी चल्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि ‘करप्रसाद’को उपमा पाइसकेको र अब ‘झुटप्रसाद’ ओली भन्दा फरक नपर्ने बताए । जवाफमा सत्तापक्षका सांसद झपट रावलले चौधरीले प्रयोग गरेको भाषा सभ्य र मर्यादित नभएको भन्दै संसदको रकेर्डबाट हटाउन माग गरे । 

Agni Group

कांग्रेस सांसद चौधरीले सरकार असफल हुँदै गएको, काण्डैकाण्डको दलदलमा फसेको बताए । “यो सरकारले सिण्डिकेट अन्त्य होइन, प्रोत्साहित गरेर आफू झुट सावित भएको छ,” चौधरीले भने, “जथाभावी कर निर्धारण गरेर ‘करप्रसाद’ ओलीको उपमा पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सधैं झुटको आश्वासन दिने, झुटको खेती गर्ने भएकाले उहाँको नाम ‘झुटप्रसाद’ ओली उपमा दिँदैमा केही फरक पर्नेवाला छैन ।” 

प्रतिपक्षी दल कांग्रेस सांसदले प्रधानमन्त्रीलाई त्यसो भनेपछि सत्तारुढ दल नेकपाका सांसद रावलले प्रमुख प्रतिपक्षी दलका नेतालाई भने आफूले शेरबहादुर देउवा होइन, ‘छेरबहादुर’ देउवा भन्न नपरोस् भन्ने चेतावनी दिए । “हामीले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ । हामीले यहाँ बोलेको कुराबाट जनताले के सिक्ने हेक्का राख्नुपर्छ,” नेकपा सांसद रावलले भने, “प्रधानमन्त्री केपी ओलीलाई ‘करप्रसाद, झुटप्रसाद’ भन्नुभएको छ । हामीले पनि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?” उनले चौधरीको अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाउन माग गरे ।” तर, उनले त्यस्तो माग गर्नुअघि आफैंले भने छेरबहादुर भन्दै अमर्यादित भाषा प्रयोग गरेका थिए । 

Global Ime bank

हट्ला त रेकर्डबाट ?

सांसद रावलले आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि प्रतिपक्षी दलले कटाक्ष गर्दै प्रयोग गरेको करप्रसाद र झुटप्रसाद संसदको रेकर्डबाट हटाउन माग गरे । सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको भन्दै सोबारे पछि निर्णय गर्ने बताए । “गम्भिरतापूर्वक लिएको छु । के गर्ने पछि निर्णय गर्छु,” महराले बैठकमा भने ।

बैठकमा प्रतिपक्षी सांसदले प्रयोग गरेको करप्रसाद, झुटप्रसाद र सत्तापक्षका सांसदले प्रयोग गरेको छेरबहादुर मर्यादित शब्द होइनन् । संसदमा आफ्ना कुरा समर्थन वा विरोधमा राख्न पाइन्छ संसदीय व्यवस्थामा । तर, त्यसरी आफ्नो कुरा राख्दै गर्दा प्रयोग हुने भाषा भने अमर्यादित हुनुहुँ दैन ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC