site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छ महिनामा मानव अधिकार हननका १२३ घटना, ४२ बलात्कार
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा ६ महिनामा १२३ वटा मानव अधिकार हननका घटनाहरू भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को तथ्यांकअनुसार ६ महिना (सन् २०१९ को जनवरीदेखि जुन २३ तारिख) सम्मको अवधिमा यी घटना भएका हुन् । 

जसमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन् । यो अवधिमा ४२ वटा बलात्कारका घटनाहरू भएका छन् । अघिल्लो एक वर्षमा ५२ वटा बलात्कारका घटना भएका थिए । तर यो वर्षको ६ महिनामा ४२ वटा घटना हुनु बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको ईन्सेक दाङका प्रतिनिधि जे एन सागरले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बलात्कारका घटनाहरूमा प्रहरी, शिक्षक, परिवारका सदस्यहरू हजुरबुवा, भिनाजु, ससुराहरू पिडक भएको उनले बताए । बलात्कारका घटना ४० वटा घटना गैरराज्य पक्षबाट र २ वटा घटना राज्य पक्षबाट भएको छ । बलात्कारबाट पीडितहरूमा २६ जना ५ देखि १७ वर्ष उमेरका भएको प्रतिवेदनमा उल्लेख छ ।

६ महिनाको अवधिमा कुटपिट तथा घरेलु हिंसाका २६ वटा घटना भएका छन् । जसमा १ जना जनप्रतिनिधि पीडित भएका छन् भने एक जना जनप्रतिनिधिले पत्नीलाई घर निकाला गरे । ११ वटा गैरकानुनी हिरासतका घटना भए । जसमा राजनीतिक अस्थाका आधारमा १३ जनालाई गैरकानुनी हिरासतमा राखियो ।

Global Ime bank

यो अवधिमा एक जना पत्रकारलाई समाचार लेखेकै कारण दुर्व्यवहारको घटना भयो भने ११ वटा दुर्व्यवहारको घटना भयो । ६ महिनाको अवधिमा १० वटा बन्दहड्तालका घटना भएका छन् भने मानव बेचविखनका २, कथित बोक्सीको आरोप २, कथित छुवाछूत १, हत्या र हत्याको प्रयास २, भ्रुण हत्या २, आगजनी १, बहुविवाह १, बालबालिका २, आत्महत्या दुरूत्साहन २ र अन्य ६ गरी १ सय २३ घटना भएका छन् ।

यो अवधिमा १४ वटा राज्य पक्षबाट र १ सय ७ वटा गैरराज्य पक्षबाट र २ वटा अज्ञात पक्षबाट घटना भएका छन् । १ सय २३ घटनामा १ सय २७ जना पीडित भए । ईन्सेकले आइततबार एक कार्यक्रम गरेर पछिल्ले ६ महिनाको अवधिमा भएका मानव अधिकार घटनाको अभिलेख सार्वजनिक गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC