एजेन्सी । चीनका प्राविधिक कम्पनीहरुले इन्टरनेट प्रयोगकर्ताका अनलाइन गतिविधिको विस्तृत रेकर्ड राख्न सुरु गरिएको बताएका छन् । चीनमा कार्यान्वयन भएको यस नयाँ इन्टनरनेट नियम अन्र्तगत प्राविधिक कम्पनीहरुले यो प्रक्रिया सुरु गरेका हुन् । यसरी यो कानुनले अहिले टेनसेन्ट र अलिबाबा जस्ता ठूला कम्पनीहरुका लागि समेत कठिन वातावरण सिर्जना गराइरहेको संचार माध्यम सीएनएनले जनाएको छ ।
जनधारणामा प्रभाव पार्न सक्ने वा सर्वसाधारणलाई सामाजिक क्रियाकलापमा संलग्न गराउने किसिमका अनलाइन सेवा प्रदान गर्ने जुनसुकै कम्पनीमा यो नयाँ नियम लागू हुने चीनको साइबर विभागले सूचना दिएको हो । यस अन्र्तगत कम्पनीहरुले आफ्ना प्रयोगकर्ताले लग इन गरेदेखिका क्रियाकलापमाथि नजर राख्नुपर्ने बताइएको छ । जस्तै ब्लग, माइक्रोब्लग, च्याटरुम लगायत भिडियो शेयरिङ एपमा समेत प्रयोगकर्ता कम्पनीको कडा निगरानीमा हुनेछन् ।