site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

त्मक विद्रोह सुरु गरेको नेत्रविक्रम चन्द समूहका केही कार्यकर्ता गत महिना आफैँले बनाएको र बोकेको घरेलु बम विस्फोट हुँदा मारिएका थिए । त्यसको केही पहिले एनसेलको टावर विस्फोट गराउन पड्काएइएको बमबाट एक जना सर्वसाधारण जनताको मृत्यु भएको थियो । यस्ता आतंककारी क्रियाकलापमा संलग्न हुँदा चन्द समूहको सबैले निन्दा गरेका थिए । यहीबीच सरकारमाथि पनि चन्द समूहका नेता कार्यकतालाई पक्रेर कानुनबमोजिम सजाय दिलाउनु पर्नेमा ‘गैरन्यायिक हत्या’को सिलसिला सुरु गरेको आरोप लागेको छ । भोजपुर र सर्लाहीमा गरी करिब डेढ महिनाभित्र चन्द समूहका २ जना नेता प्रहरीको गोलीबाट मारिएका छन् । प्रहरीले यस्ता घटनाको सके ढाकछोप गर्ने र नसके ढाँट्ने गर्दैआएको अनेकौं उदाहरण छन् । सम्भवतः यही कारणले राष्ट्रिय मानवअधिकार आयोगले घटनाको अनुसन्धान गर्ने निर्णय गरेको हो । 

माओवादीनाममा २०५२ सालमा हिंसात्मक विद्रोह थालिएपछि सुरु भएको विद्रोही र राज्यपक्षको हत्या, हिंसा, दमन र आतंकको चक्रबाट नेपाली समाजको एउटा पुस्ता नै नराम्ररी प्रभावित भएको छ । नेपालको इतिहासमै सबैभन्दा धेरैले ज्यान गुमाएको र राष्ट्रको क्षति भएको हिंसात्मक चक्र थामिएको १५ वर्ष पुग्दा नपुग्दै दोहोरिएको देखिनु निश्चय पनि गम्भीर चिन्ताको विषय हो । अहिले सत्तामा उति बेलाका विद्रोही पनि छन् । चन्द समूहमा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै एउटा चोइटो माओवादीकै पूर्व नेता कार्यकर्ता छन् । यसैले तिनीहरूबीच पूर्वाग्रह र प्रतिशोध वा मिलेमतो नै पनि हुनु अस्वाभाविक हुँदैन । शासकको वैयक्तिक वा दलगत सम्बन्ध जस्तो सुकै भए पनि राज्यले भने देशका सबै नागरिकसँग समान व्यवहार गर्नुपर्छ । राज्यले नागरिकसँग प्रतिशोध लिन थाल्यो भने लोकतन्त्र पाखण्डमा सीमित हुनपुग्छ । पछिल्ला दिनमा देखिएका क्रियाकलापले विधिको शासनको उपहास गरेको छ ।  

Agni Group

सर्लाही घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले छानबिन गर्ने जानकारी दिएको छ । छानबिनपछि आयोगले प्रतिवेदन सार्वजनिक गर्ने नै छ । त्यसैले छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्म प्रहरीलाई पनि शंकाको सुविधा प्राप्त हुन्छ । स्वतन्त्र संवैधानिक आयोगले छानबिन गर्ने हुनाले त्यसको निष्पक्षतामा पनि अहिल्यै सन्देह गर्नु न्यायोचित हुँदैन । अहिले सर्लाहीमा ‘मुठभेड’मा मारिएका भनेको व्यक्तिका परिवार जनले प्रहरीले ‘गिरफ्तार’ पछि हत्या गरेको आरोप लगाएका छन् । मृतकका पिताले त आफ्नो छोरो निःशस्त्र भएको पनि दाबी गरेका छन् । प्रहरीले दोहोरो गोली चलेको र मृतकसँग हतियार रहेको जानकारी सार्वजनिक गरेको छ । यसैले सर्लाही घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न खटाइएको टोलीलाई सरकारले पूर्ण सहयोग गर्नुपर्छ । सर्लाहीलगायत कुनै पनि घटनामा प्रहरीले गरेको गल्तीमा ढाकछोप गर्दा मनोबल बढ्छ भन्ने नठानून् । विधिको शासनप्रति प्रतिबद्ध भएमात्र प्रहरीको मनोबल बढ्छ ।
 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC