site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुनर्निर्माणमा कोञ्ज्योसोम गाउँपालिका अगाडि
Sarbottam CementSarbottam Cement

ललितपुर । निजी आवास निर्माणमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ । ललितपुरमा ६ पालिका रहेका छन् । 

निजी भवन निर्माणका लागि सबै व्यक्तिका नाममा जग्गा रहनु र यहाँका निर्वाचित जनप्रतिनिधिले भूकम्प प्रभावित जनतालाई समयमै भवन निर्माणका लागि झक्झकाउँदा निजी आवास निर्माणमा यो गाउँपालिका अब्वल साबित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरका अनुगमन तथा मूल्याङ्कन विज्ञ यमनाथ गिरीले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

गिरीले भने, “विसं २०७२ को भूकम्प गएको ५० महीनामा कोञ्ज्योसोमका ६२ प्रतिशत जनताले निजी आवास निर्माण गरिसकेका छन् । सो गाउँपालिकामा कूल लाभग्राही सङ्ख्या दुई हजार १५४ रहेका छन् । तीमध्ये पहिलो किस्ता लिने दुई हजार ६०, दोस्रोे किस्ता लिने एक हजार ७७४ र तेस्रो किस्ता लिने एक हजार ३४८ परिवार रहेका छन् ।” 

कोञ्ज्योसोमपछि निजी आवास निर्माणको काम बढी गर्ने वाग्मती गाउँपालिकाका रहेका छन् । सो गाउँपालिकाका ५६ प्रतिशत घरपरिवारले निजी भवन निर्माणको काम सम्पन्न गरिसकेका छन् । 

Global Ime bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरको तथ्याङ्कअनुसार वाग्मतीमा कूल लाभग्राही सङ्ख्या तीन हजार ३७० रहेका छन् । पहिलो किस्ताका लागि सम्झौता गर्ने तीन हजार ९९ मध्ये तीन हजार ८९ ले पहिलो किस्तावापतको रकम लगेका छन् । त्यस्तै दोस्रो किस्ता लिने दुई हजार ५५८ र तेस्रो किस्ता लिने एक हजार ८९४ परिवार रहेका छन् । 

कोञ्ज्योसोम र वाग्मती गाउँपालिकाको तुलनामा निजी आवास निर्माणमा माङ्काल गाउँपालिका तेस्रो स्थानमा रहेको छ । यस गाउँपालिकाका ४८ प्रतिशतले नागरिकले निजी आवास निर्माण गरिसकेका छन् । यस गाउँपालिकामा कूल लाभग्राही सङ्ख्या दुई हजार २७१, पहिलो किस्ताका लागि सम्झौता गर्ने दुई हजार २३६, पहिलो किस्ता लिने दुई हजार २३५, दोस्रो किस्ता लिने एक हजार ७९७ र तेस्रो किस्ता लिने एक हजार १०४ लाभग्राही रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरले जनाएको छ । 

२०७२ सालको भूकम्पले क्षति भएका निजी आवास पुनर्निमार्णका लागि गाउँपालिकाको तुलनामा नगरपालिका र महानगरपालिका अति नै पछि परेका छन् । नगरपालिका र महानगरपालिकाभित्र गाउँपालिकाको तुलनामा निकै समस्या देखापर्ने भएकालेनगरपालिका अति नै पछि परेका छन् । नगरपालिका र महानगरपालिकाभित्र गाउँपालिकाको तुलनामा निकै समस्या देखापर्ने भएकाले केही ढिलाइ भएको जनाइएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC