site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘मेरो सरकार’को सर्वोच्च प्राथमिकता राष्ट्रिय सुरक्षा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो सरकारले राष्ट्रिय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको बताएका छन् । बिहीबार भारतीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपतिले सो कुरा बताएका हुन् । 

उनले नेपालमा विवादमा आएको ‘मेरो सरकार’कै शैलीमा भारतको संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले अवैध तरिकाले भारतमा आउने विदेशी आन्तरिक सुरक्षाका लागि ठूलो खतरा भएको जनाउँदै आफ्नो सरकारले घुसपैठको समस्या भएको क्षेत्रमा ‘नेशनल रजिस्टर अफ सिटिजन्स’लाई प्राथमिकताका आधारमा प्रयोगमा ल्याउने जनाएका छन् । उनले सीमापार आतंकवादलाई ठेगान लगाउन पहिला सर्जिकल स्ट्राइक र पुलवामा हमलापछि एयर स्ट्राइक गरेर भारतले आफ्नो लक्ष्य र क्षमताको प्रदर्शन गरेको समेत जनाएका छन् । भविष्यमा पनि सुरक्षाको लागि हरसम्भव कदम चाल्ने समेत उनले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्नो सरकारले सेना र सशस्त्र बललाई आधुनिकीकरणको काममा लगाउन तेज ढंगले अघि बढिरहेको जनाउँदै निकट भविष्यमा भारतलाई पहिलो राफल लडाकू विमान र अपाचे हेलिकोप्टर पनि मिल्ने जनाएका छन् ।

उनले आज आतंकवादको मुद्दामा पूरा विश्व भारतको साथ खडा भएको जनाउँदै देशमा ठूला आतंकवादी हमलाको लागि जिम्मेवार मसूद अजहरलाई संयुक्त राष्ट्र संघद्वारा अन्तरराष्ट्रिय आतंकवादी घोषित गर्नु यसको ठूलो प्रमाण भएको समेत जनाएका छन् । भारतीय राष्ट्रपतिले आज पूरै विश्वमा भारतको एक नयाँ पहिचान बनेको उल्लेख गर्दै अन्य देशका साथ भारतको सम्बन्ध  अझ मजबुत रहेको र भारतले सन् २०२२मा जी—२० शिखर सम्मेलन गर्न लाग्नु खुसीको कुरा भएको समेत बताएका छन् ।

Global Ime bank

(एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC