site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संगीत तथा रोयल्टी संकलन समाजलाई रजिष्टार कार्यालयको छ बुँदे निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । संगीत तथा रोयल्टी संकलन समाजलाई नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयले छ बुँदे निर्देशन दिएको छ । अडिटर शिखा वाग्ला र डोलप्रसाद दाहालले दिएको समाजको अडिट रिपोर्टमा देखिएका कमजोरी सच्याउन आग्रह गर्दै रजिष्टारको कार्यालयले सात दिनको समय सीमा दिएर निर्देशन दिएको हो । 

२० लाख २८ हजार रुपैयाँ फर्छ्यौट गर्नुपर्ने, पछिल्ला तीन आर्थिक वर्षमा २४ लाख ३८ हजार रुपैयाँ सीमा नाघेर खर्च भएको अडिट रिपोर्टमा देखिएकाले उक्त रकम खर्च भएको पुष्टि गर्नुपर्ने र पुष्टि हुन नसके दुरुपयोग भएको ठहर हुने निर्देशनमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बिलबिजकमा कैफियत देखिएकोभन्दै जिम्मेवार पदाधिकारीले त्यसलाई पुष्टि गर्न रजिष्ट्रारको कार्यालयले निर्देशन दिएको छ । कार्ययोजना बनाएर मात्रै खर्च गर्न निर्देशन दिइएको छ । 
जेठ ३० गते रजिष्टारको कार्यालयले निर्देशनसहितको पत्र काटेपछि संगीत तथा रोयल्टी संकलन समाजको कार्यसमितिको आकस्मिक बैठक बसेको छ । बैठकले रजिष्टारको कार्यालयको निर्देशनलाई सम्बोधन गर्नेगरी जवाफ दिने तयारी गरिरहेको समाजका अध्यक्ष महेश खड्काले जानकारी दिए । 

“हाम्रो कार्यसमितिको बैठक बसेर रजिष्टार कार्यालयको पत्रबारे छलफल गरेका छौं । सात दिनभित्रै हामी जवाफसहितको पत्र पठाउने छौं,” अध्यक्ष खड्काले बाह्रखरीसँग भने । उनले सुरुका दिनमा काम गर्दा समाजसँग पैसा नभएकाले तत्काल भौतिक संरचना खडा गर्नुपर्ने र कर्मचारी राख्नु पर्दा प्रक्रियासंगत रुपमा काम हुन नसकेको यद्यपि अनियमितता भने नभएको दाबी गरे । 

Global Ime bank

“केही साथीहरु रोयल्टी संकलन समाजमा भ्रष्टाचार भएको छ भन्दै हल्ला गर्दै हिँड्नु भएको छ । तर त्यस्तो होइन । यातायात कार्यालयबाट तीन दिनभित्र हामीलाई भौतिक संरचनासहित रोयल्टी संकलन समाजको कार्यालय खडा गर्न भनेपछि हामीले तीन दिनभित्र भौतिक संरचना खडा गरेर काम सुरू गरेका थियौं,” अध्यक्ष खड्का भन्छन्, “हतारहतारमा काम गर्नुपर्‍यो, त्यो बेला हाम्रो संस्थामा पैसा पनि नभएकाले भएको पैसा एड्भान्स निकालेर खर्च गरेका थियौं । त्यसरी एड्भान्स निकाल्दा प्रक्रिया नपुगेको देखिएको हो । मापदण्ड अनुसार बिल भौचर भएनन् होला तर अनियमितता भएको होइन ।”

संगीत तथा रोयल्टी संकलन समाजमा आर्थिक अनियमितताको प्रश्न उठेपछि जेठ ५ गते समाजले विशेष साधारणसभा बोलाएको थियो । उक्त साधारणसभामा रोयल्टीबापत संकलन भएको रकम हिनामिना भएको कुरा उठेपछि साधारणसभाले आर्थिक वर्ष ०७४-०७५मा भएको आर्थिक गतिविविधिको छानबिन गरी दोषीलाई कारबाही गर्न रजिष्टारको कार्यालयलाई चिठ्ठी पठाउने, यातायात रोयल्टीबाट संकलन भएको रोयल्टीको २० प्रतिशत रोयल्टी रकम अग्रज श्रष्टालाई योगदानका आधारमा वितरण गर्ने मापदण्ड बनाउने निर्णय गरेको थियो । 

यस्तै उक्त साधारणसभाले वर्तमान कार्यसमितिको आर्थिक गतिविधि नियमनका लागि गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा संयोजक रहनेगरी संगीतकार संघका अध्यक्ष शान्तिराम राई र संगीतकार लक्ष्मण शेष सदस्य रहेको समिति गठन गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC