site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक दशकमा जीडीपी आकार १५ खर्ब २१ अर्ब बढ्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । एक दशकको अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार १५ खर्ब २० अर्ब ९० करोड रुपैयाँ बढेको छ । 
आर्थिक वर्ष ०६३/०६४ मा नेपालको जीडीपीको आकार ७ खर्ब २७ अर्ब ८० करोड रुपैयाँ रहेकोमा ३ गुणा भन्दा बढेर गत आर्थिक वर्ष ०७२/०७३ सम्ममा २२ खर्ब ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष जीडीपीको आकार १ खर्ब २८ अर्ब २० करोड रुपैयाँले बढेको सरकारी तथ्यांकले देखाएको छ । 
गत आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएकोमा नाकावन्दीले विकास निर्माणगायत अन्य आर्थिक गतिविधि ठप्प भएपछि जीडीपी खुम्चिएर ०.७७  प्रतिशतमा सीमित भएको छ । एक दशकको अवधिमा देशको आर्थिक वृद्धिदर ५.८ सम्म पुगेकोमा त्यसपछि घट्दै गएर १ प्रतिशत तल सिमित भएको छ । आर्थिक वृद्धि, प्रतिव्यक्ति आय, पुँजि निर्माण र वचतका हिसावमा नेपाल दक्षिण एसियामा सबैभन्दा कमजोर रहेको छ । नेपालको वचत गर्ने क्षमता खस्केर हाल ५ प्रतिशतमा सीमित भएको छ । 
१० वर्षको अवधिमा कृषि र सेवा क्षेत्रमा सामान्य वृद्धि भएपनि औद्योगिक उत्पादन घट्दै गएको छ । गत वर्ष जीडीपीमा औद्योगिक उत्पादन ६.३ प्रतिशतले ऋृणात्मक भएको छ । समीक्षा अवधिमा कृषिको १.३ सेवाको २.७ प्रतिशत बढेको छ । जीडीपीमा सेवा क्षेत्रको योगदान बढ्दै गएको छ भने औद्योगिक क्षेत्रको घटेर ६ प्रतिशतमा सीमित भएको पाइएको छ । पछिल्लो समयमा ऊर्जा संकट र राजनीतिक अस्थिरता बढ्दै गएपछि औद्योगिक सम्बन्ध अनुकुल नहुँदा उत्पादन घट्दै जादा यसको असर आर्थिक वृद्धिमा परेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् । ऊर्जा संकट बढ्दा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा औद्योगिक उत्पादन खुम्चिएको उनको भनाइ छ । समयमा बस्तु निकासी गर्न नसक्दा वृद्धि घट्ने र व्यापार घाटा चुलिएको उनको तर्क छ । कुल व्यापारमा ९२ प्रतिशत आयात र ८ प्रतिशत मात्र निकासीको हिस्सा रहेको छ । उनका अनुसार ३ सय ६५ दिनमा उद्योगहरु औसत २ सय ५० दिन मात्र चलेका छन् । 
एक दशकको अवधिमा कुनै पनि वर्ष सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सकेको छ्रैन । अघिल्लो वर्ष ६ प्रतिशत वृद्धिको लक्ष्य लिएकोमा २.३ र गत वर्ष साढे ६ प्रतिशत लिएकोमा ०.७७ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष ०६३/०६४ देखि हालसम्म कुनै पनि वृद्धि लक्ष्य पुरा भएका छैनन् । चालु आवमा सरकारले ६ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ । १४ औं त्रिवर्षीय योजनाले देशको आर्थिक वृद्धि औसत ७.१ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । हालको राजनीतिक र औद्योगिक अवस्थाले यो लक्ष्य पुरा गर्न कठिन रहेको अर्थशास्त्रीहरुको भनाइ छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC