site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चीन र उत्तर कोरियाबीच नयाँ च्याप्टर खुल्यो ! चीनका राष्ट्रपति बिहीबार उत्तर कोरिया जाँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ्ग । चीनका राष्ट्रपति सी जिनपिङ्ग दुई दिने भ्रमणका लागि आउँदो बिहीबार उत्तर कोरिया जाने भएका छन् । सीले त्यहाँ उत्तर कोरयाका नेता किम जङ उनसँग कोरियाली प्रायदीपको समस्याका बारेमा छलफल गर्ने जनाइएको छ । चीनका राष्ट्रपतिबाट उत्तर कोरियाको भ्रमण हुन लागेको यो १४ वर्षपछिको घटना हो  । सीले आफू चीनको राष्ट्रपतिमा सन् २०१२ मा नियुक्त भएपछि चारपटक उत्तर कोरियाली नेतालाई आफ्नो देशमा निम्त्याएपनि उनी भने त्यहाँ गएका थिएनन् ।

जापानमा जी—२० बैठक हुनुभन्दा एक साता अघि मात्रै चीनका राष्ट्रपतिले उत्तर कोरिया भ्रमण गर्न लागेका हुन् । जापानमा चीनका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगपनि भेट गर्ने अपेक्षा गरिएको छ ।  चीनका राष्ट्रपतिका तर्फबाट सन् २००५ मा हु जिन्ताओले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यतिबेला अहिलेका उत्तर कोरियाका नेताका बाबु किम जोङ इल सत्तामा थिए । चीनको सरकारी मुखपत्र सीसीटिभीले चीन र उत्तर कोरियाबीच नयाँ ‘च्याप्टर’ खुलेको जनाएको छ ।

चीनले उत्तर कोरियालाई पहिला देखि नै  सघाउँदै आइरहेको छ । चीनका नेता माओत्सेतुङले चीन र उत्तर कोरियाको सम्बन्धलाई ओठ र दाँतको सम्बन्ध भएको पहिला नै बताएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC