site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एउटा साइबर हमलाका कारण अर्जेन्टिनासहित दुईवटा देशभर पूर्ण अन्धकार 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । अर्जेन्टिनाका ऊर्जा सचिवले एउटा साइबर हमलाका कारण तीन देशका करोडौँ मानिस अन्धकारमा बस्नु परिरहेको कुरा अविश्वसनीय भएको उल्लेख गरेका छन् । अर्जेन्टिनासहित प्याराग्वे र उरुग्वेभर करोडौँ मानिसहरु आइतबार साइबर हमलाकै कारण लामोसमय बिजुली विहीन बस्नुपरेको हो । यस विषयमा अर्जेन्टिनाका राष्ट्रपति मोरिसिओ माक्रीले पनि घटना अप्रत्यासित भएको बताउँदै सम्बन्धित निकायलाई तुरुन्तै यसको अनुसन्धान गर्न निर्देशन दिएका हुन् । दक्षिण ब्राजिल र चिलीका केही भूभाग पनि यस पूर्ण अन्धकारको शिकार भएका छन् ।

यसरी ‘ब्ल्याक आउट’ को यो घटनाले अर्जेन्टिनी सरकारको अन्य देशका विजुली व्यवस्था पनि अवरुद्ध गर्न सक्ने क्षमतामाथि प्रश्न उठाएको छ । शनिबार मात्र न्युयोर्क टाइम्सले अमेरिकाले रुसमा साइबर हमला गर्न उनीहरुको पावर ग्रिड प्रणालीमा भाइरस राखिदिएको खबर गरेको थियो । यसैबीच यो घटना हुनुले यी दुई विषय सम्बन्धित हुन सक्ने अनुमान गरिएको हो ।

युटिलिटी कम्पनी एड्सरका प्रवक्ताले बताए अनुसार यो अर्जेन्टिनाको इतिहासकै पहिलो सामान्यकृत पूर्ण अन्धकारको घटना हो । यसरी प्याराग्वे र उरुग्वेका बिजुली प्रणाली पनि अर्जेन्टिनासँग जोडिएको हुँदा तिनीहरु सहित चिली र ब्राजिलका केही भूभाग पनि प्रभावित हुनु परेको छ ।  यस सम्बन्धी अर्जेन्टिनाका फुटबल खेलाडी ल्युकस रोड्रिग्वेजले पनि अन्धकारमय शहरको तस्बिर ट्वीटरमा पोस्ट गर्दै आफूले यस्तो कहिल्यै नदेखेको बताएका हुन् । उनले सिएनएनसँग भनेका छन्, ‘हाँस्यास्पद कुरा के भने बत्ती नभएपनि हामी सबैको फोनमा इन्टरनेट छ । ’ यस पछाडिको कारण विस्तृतमा पत्ता लगाइने बताइएको छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC