site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शाहिद कपुर भन्छन् - कबिर सिंहको भूमिका निभाउन सारै गाह्रो 
Ghorahi CementGhorahi Cement

एजेन्सी । बलिउड स्टार शाहिद कपुरले 'कबिर सिंह' फिल्ममा कबिर सिंहको भूमिका आजसम्मकै चुनौतीपूर्ण भएको बताएका छन् । यसअघि पनि कमिने, हैदर र उड्ता पन्जाबजस्ता फिल्ममा शाहिद कपुरले अभिनय गरिसकेका छन् । 

यी फिल्महरुबाट शाहिद कपुरले 'चकलेटी ब्वाई' को उपाधि तोडेका छन् । 'कबिर सिंह' सन् २०१७ को तेलेगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो । फिल्मलाई सन्दिप रेड्डीले निर्देशन गरेका छन् । 

Agni Group

'कबिर सिंह'को अभिनयको लागि उनले १४ किलो बजन घटाएका छन् । मलाइ आकर्षक शरीरको आवश्यक छैन किनकि भर्खर कलेज जान लागेको युुवकको शारीरिक बनाबट त्यस्तो हुँदैन उनी बताउँछन् । फिल्ममा उनी मेडिकल स्टुडेन्टको रुपमा देखिएका छन् ।

उड्ता पन्जाबमा र कबिर सिंहमा तुलना गर्दा कबिर सिंहको रोल गाह्रो भएको कुरामा उनी जोड दिन्छन् । “उड्ता पन्जाबमा म एक्लै थिएँ, ममा कुनै उत्तरदायित्व थिएन । अहिले म  दुई बच्चाको बुबा भएको छु, घरमा आएर मैले आफ्नो परिवारको जिम्मेवार उठाउनुपर्छ ”, उनी भन्छन्, “टोमी एक्लै थियो उ एक्लै बर्बराउँथ्यो उ आफ्नो मात्र सोच्थ्यो तर कबिर सिंह भने कसैलाई धेरै माया गर्छ , जड्याहा बन्छ र आफूलाई विध्वंसतिर लैजान्छ । टोमीको भन्दा गहिरो  संवेगसँग जुध्नु निकै मुस्किल भयो ।”

Global Ime bank

एउटै फिल्ममा उनी तीनवटा अवतारमा देखिएका छन् । अर्जिनल फिल्म अर्जुन रेड्डीको निर्देशकले नै कबिर सिंहको निर्देशन गरेका छन् । यस कारणले पनि उनलाई गाह्रो भएको हो । कबिर सिंह फिल्म २१ जुनमा रिलिज हुँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC