site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 व्यापक विरोधपछि सरकार पछि हट्यो, विवादित गुठी विधेयक फिर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी  मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिएको हो । सरकारले उक्त विधेयक वैशाख १७ गते राष्ट्रिय सभामा दर्ता गरेको थियो । सरकारले संसदमा दर्ता गराएको विधेयकविरुद्ध चर्को आलोचना भएपछि सरकार पछि हट्‍न बाध्य भएको हो । गुठी विधेयकले धर्म संस्कृतिमाथि प्रहार गरेको भन्दै उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आइतबारदेखि विधेयकविरुद्ध आन्दोलन चर्किएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले मंगलबार वक्तव्‍य जारी गर्दै गुठी विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्‍ने कोशिस भएकोले सम्बन्धिच सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेश भएको विधेयक फिर्ता लिने निर्णय गरेको उल्लेख छ ।  विधेयकमा भनिएको छ, "नेपालको संविधानको धारा २९० अनुसार गुठीको मुलभूत मान्यता अनरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेको किसान तथा गुठीको अधिकार संरक्षण गरी सर्वसाधारणहरुको हित कायम गर्न र गुठीको जग्गाको उत्पाखकत्व बढाउने उद्देश्यले सरकारले राष्ट्रिय सभामा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ पेश गरिएको थियो ।"


 

Global Ime bank


NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC