site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
A0D938hTwRw
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा पहिला प्रधानमन्त्री बोल्ने कि प्रमुख प्रतिपक्ष दलको नेता भन्ने विषयमा विवाद हुँदा मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पहिले प्रमुख प्रतिपक्ष दलको नेता बोल्न पाउनुपर्ने माग गर्दै वेल घेराउ गरेपछि बैठक स्थगित भएको हो ।

कांग्रेस सांसदहरुको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पनि हुन सकेन । सभामुख कृष्णबहादुर महराले मंगलबारको बैठक प्रारम्भ भएको जानकारी गराउनेबित्तिकै कांग्रेसका सांसदहरु उभिएका थिए । त्यत्तिकैमा सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नको लागि समय दिएपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ घेराउ गर्न पुगेका हुन् । सम्बोधनका लागि प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजीपछि सम्बोधन हुन सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

ध्यानाकर्षण गराउँदा गराउँदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएको भन्दै कांग्रेस सांसदहरुले संसदीय गरिमा कायम गर्न माग गर्दै नाराबाजी गरिरहे । केही समयको नाराबाजीपछि सभामुखले बैठक बुधबारसम्मका लागि स्थगित भएको घोषणा गरे । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता देउवाले सधैं विपक्षी दलको नेतालाई बोल्न दिने अभ्यास भएको बताउँदै प्राथमिकता दिनुपर्ने धारणा राखे ।

मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले बोल्ने नभइ जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे । उनले भने, प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ? ”

Global Ime bank

उता सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको टिप्पणी गरे । संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताए ।
प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्पराअनुसार उनको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज भएको टिप्पणी उनको थियो ।

उनले भने, “प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ । त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्र्दभमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ ।”

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको कार्यसूची विपरीत गएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि रोष्ट्रममा उभिएका प्रधानमन्त्री ओलीलाई बोल्न नदिएपछि उपनेता नेम्वाङले कांग्रेसको सो गतिविधि संसदको कार्यसूची विपरीत रहेको प्रतिक्रिया दिए ।

पूर्वसभामुखसमेत रहेका नेम्वाङले प्रधानमन्त्रीलाई बोल्न नदिइएको सो विषयमा निधार खुम्च्याएर सोच्न पनि आग्रह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC