site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुठी विधेयक स्थगन कि फिर्ता ? भोलिको आन्दोलन मत्थर पार्ने सरकारी प्रयास !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको संस्कृतिमाथि नै प्रहार गर्ने हिसाबले सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको भन्दै सरकारवालाहरुले चर्को विरोध गरिरहेको बेलामा सरकारले आज निर्णायक कदम चाल्ने तयारी गरेको छ । राजधानीमा भोलि बुधबार सरोकारवालाहरुले आन्दोलनको बृहत् तयारी गरेकाले आजै त्यसबारेमा केही न केही गर्नुपर्ने बाध्यतामा सरकार पुगेको हो । 

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलन थेग्न नसकिने खालको हुन सक्ने भन्दै समयमै उचित निर्णय गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका राजधानीबाट निर्वाचित सांसद तथा स्थानीय तहका पदाधिकारी तथा पार्टीका विभिन्न निकायका पदाधिकारीहरुसँग सामूहिक छलफल गरेका थिए । 

त्यहाँ पनि अधिकांशले गुठी विधेयक तत्काल फिर्ता लिन सुझाव दिएका थिए । त्यसपछि सम्बन्धित पक्षसँगको छलफलपछि विधेयक अघि बढाउन सुझाव दिएको भए पनि प्रधानमन्त्री भने अहिले स्थगत गर्ने तयारीमा रहेका छन् । फिर्ता लिँदा अन्य विधेयक पनि फिर्ताको दबाब पर्ने भएकाले अहिले स्थगन गर्ने तयारीमा रहेको उनी निकट स्रोत बताउँछ । तर प्रधानमन्त्रीले यसबारेमा पार्टी र मन्त्रिपरिषद्को बैठकमा छलफल गरेपछि मात्रै निर्णय लिने आश्वासन दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबारको छलफलमा सहभागी भएका नेकपाका नेता तथा सो पार्टीका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले सहभागी सबैले गुठी सम्बन्धी विधेयकलाई सकारात्मक रुपमा नै लिएको बताए । उनले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘उहाँहरु सबैले सकारात्मक रुपमा नै धारणा राख्नुभएको छ । तर, ठाउँअनुसार गुठीको प्रकृति फरक हुने भएकाले राजधानीको गुठी सम्बन्धी विषय अलि फरक भएको उहाँहरुले उठाउनुभएको छ ।’’

उनका अनुसार प्रधानमन्त्रीले सबैको कुरा सुनेपछि आआफ्नो धारणा राख्ने सबैलाई धन्यवाद दिँदै सरकारले आवश्यक कदम चाल्ने बताएका थिए । प्रधानमन्त्री निकट अर्को स्रोतले बताए अनुसार प्रधानमन्त्रीले सो अवसरमा मन्त्रिपरिषद् बैठक बसेर त्यस सम्बन्धी निर्णय लिने बताएका थिए । अर्को निर्णय के हुन्छ भन्ने कुरा चाहिँ खोलिएको छैन । सायद विधेयक फिर्ता लिने वा स्थगन गर्ने मध्ये एउटा उपाय गरिने सम्भावना रहेको जनाइएको छ ।

Global Ime bank

सोही विषयलाई सम्बोधन गर्ने गरी आज मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना रहेको बताइएपनि समय तय भइनसकेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बाह्रखरीसँगको कुराकानीमा बताएका छन् । प्रधानमन्त्रीका निकटस्थहरुका अनुसार अहिलेलाई गुठी सम्बन्धी विधेयक स्थगन वा फिर्ता गरेर सरोकारवाला सबैसँग छलफल गरेर फेरि विधेयक ल्याउने सम्भावना रहेको छ । 

किन सधै ‘ब्याक फायर’ ?

लगभग १६ महिनादेखि चलिरहेको अहिलेको प्रधानमन्त्री ओली नेतृत्वको सरकार विभिन्न विधेयकलाई लिएर विवादमा आइरहेको छ । केहीअघि चिकित्सा शिक्षा विधेयकका कारण विवादमा आएकोमा पछिल्लो समयमा मिडिया काउन्सिल, राष्ट्रिय मानवअधिकार आयोग, सूचना प्रविधि र अहिले गुठी सम्बन्धी विषयलाई लिएर विवादमा आएको छ । सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी लहडका भरमा यसखालका विधेयक ल्याइएका कारण यस्ता विवाद उत्पन्न हुने गरेको आरोप समेत लाग्दै आएको छ ।

यस्ता विवादास्पद विधेयकका कारण सरकारको महत्वपूर्ण समय त्यसबाट उत्पन्न हुने क्षतिलाई सामान्य अवस्थामा ल्याउन अर्थात् ‘ड्यामेज कन्ट्रोल’ गर्नमै खेर गइरहेको देखिँदै आएको छ । आखिर किन यस्तो कमजोरी भइरहेको छ त ? यसबारेमा जिज्ञासा राख्दा नेकपाका नेता तथा सो पार्टीको संसदीय दलका उपनेता नेम्वाङ्गले भने,‘‘विधेयक सरकारले ल्याउने हो । यसमा कतिपय विषय ‘सेन्सेटिभ’ भएर पनि त्यसो भएको होला । जस्तो गुठीका बारेमा कैयौं प्रतिवेदन आएका थिए । विगतमा काम भएका थिएनन् । तर अहिले निकै मिहिनेत गरेर विधेयक ल्याइएको हो । तर, गुठीको प्रसंगमा विभिन्न थरीका गुठी छन् । सबैलाई एकै ठाउँमा राखेर सम्बोधन गर्न खोज्दा केही समस्या जस्तो देखिएपनि यो समाधान हुन्छ ।’’

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै
प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणको बारेमा पनि आजै संसदमा सम्बोधन गरेर जानकारी गराउने बताइएको छ । नेता नेम्वाङ्गले भने,‘‘प्रधानमन्त्रीले युरोप भ्रमणका बारेमा हिजैको संसद बैठकमा जानकारी गराउने तयारी गर्नु भएको हो । तर, उहाँ विदेश भ्रमणबाट भर्खरै आउनुभएकोले थाकेका कारण आजलाई सम्बोधन सारिएको हो ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC