site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
त्रिवि सेवा आयोगमा ताला लगाउने विद्यार्थी नेता पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिवि सेवा आयोगको प्रवेशद्वारमा तालाबन्दी गरेर धर्नामा बसेका नेकपा माओवादी (क्रान्तिकारी) निकट विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रवेशद्वारमा तालबन्दी गरेर आयोगका कर्मचारी र पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएपछि प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरेको हो । 

प्रहरीले प्रवेशद्वारमा लगाएको ताला तोड्दै १० जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउका क्रममा प्रहरीले बल प्रयोग गर्दा विद्यार्थी नेताहरु सुरेश श्रेष्ठ, राम नेपाली र कुमार बर्तौला घाइते भएको बताइएको छ । उनीहरु सबैलाई प्रहरीले कालीमाटी वृत्तमा राखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै एक महिनादेखि आयोगको प्रवेशद्वारमा रिले अनसन बस्दा पनि माग सम्बोधन नभएपछि अखिल क्रान्तिकारीले सोमबार पदाधिकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन तालाबन्दी गरेको थियो । नेकपा माओवादी क्रान्तिकारी निकट विद्यार्थी संगठनले जेठ ६ गतेबाट तीनबुँदे माग राख्दै रिले अनशन सुरु गरेको थियो । मागहरु सम्बोधन नभएपछि कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका काठमाडौं संयोजक संघर्ष दाहालले जानकारी दिए । 

उनका अनुसार अखिल क्रान्तिकारीले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट कर्मचारीलाई कारबाही गर्नुपर्ने र अवैधानिक रुपमा प्रकाशन गरिएको नतिजा खारेज गर्नुपर्ने माग राखेको छ । कर्मचारीको परीक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माका आफन्त, अन्य पदाधिकारी र विद्यार्थी नेताका समेत आफन्तको नाम निकालेको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रण लिएको छ । कागजपत्र अख्तियारको नियन्त्रणमा भए पनि सेवा आयोगले लिखितमा नाम निकालेका परीक्षार्थीको मौखिक परीक्षा लिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC