site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफूलाई नसच्याए सरकारका लागि दुर्भाग्यः उपाध्यक्ष पोख्रेल
Ghorahi CementGhorahi Cement

कतार (दोहा) । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको सवालमा इमान्दार बन्न सरकारलाई आग्रह गरेका छन् । उपाध्यक्ष पोख्रेलले गत भदौ १ गतेदेखि लागू भएका संहिताका केही प्रावधानहरु संशोधन गर्छु भनेको सरकारले अहिलेसम्म संशोधन प्रक्रिया नै अगाडि नबढाएको र मिडिया काउन्सिल विधेयक पत्रकारिता नै समाप्त पार्ने गरी ल्याएको भन्दै सरकार प्रेस स्वतन्त्रताप्रति इमान्दार नदेखिएको दावी गरे । 

कतारको दोहामा रहेका नेपाली सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘‘क्रमशः कडा कानुन ल्याउँदै सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्दैछ र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारिता क्षेत्र तथा नागरिक समाजबाट आएको आवाजलाई बेवास्ता गर्दै छ । यो कुरामा आफूलाई नसच्याएर प्रेस स्वतन्त्रता विरोधी मनसाय राखी रहे सरकारका लागि दुर्भाग्य हुनेछ ।’’ 

Agni Group

पत्रकारले प्रेस स्वतन्त्रता माग्दा सरकारले सत्ता नै मागेझैं गरी प्रतिक्रिया दिइरहेको भन्दै उपाध्यक्ष पोख्रेलले स्वतन्त्रताका पक्षधरहरुलाई नजिस्काउन सरकारलाई चेतावनी दिए । ‘‘सबै दलहरुको चुनावी घोषणापत्रमा प्रेस स्वतन्त्रताको कुरा छ, हाम्रो सञ्चार नीतिले स्वतन्त्र प्रेसको परिकल्पना गरेको छ, संविधानमा पूर्ण स्वतन्त्रता लेखिएको छ,’’ उनले भने, ‘‘त्यही प्रेस स्वतन्त्रता माग्दा पत्रकारिता क्षेत्रलाई उल्टो आक्षेप लगाउने र पत्रकार महासंघको मानमर्दन गर्ने खेलमा स्वयं मन्त्रीहरु देखिनु अनौठो हो ।’’ 

सरकारले ल्याउन चाहेका कानुनहरुवाट सरकार नियन्त्रणमुखी हुँदै गएको प्रतीत भएको दाबी गर्दै उपाध्यक्ष पोख्रेलले प्रश्न गरे, ‘‘कानुन ल्याउने प्रयास हुँदा सरोकारवालाहरु असन्तुष्ट बन्छन् भने सरकारले कसका लागि कानुन बनाउँदै छ ?’’ उनले असन्तुष्टहरुसँग संवाद नचाहने सरकारी प्रवृत्तिले देशलाई भयावहको अवस्थातर्फ धकेल्ने खतरा पनि औंल्याए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC