site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यस्तो अवस्थामा मात्रै गीतसंगीत चोरियो भन्न मिल्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा गीतसंगीत चोरीको विषयले बेलाबेलामा चर्चा पाउँदै आएको छ । कहिले पुराना गीतलाई नयाँ पुस्ताले चोरेको आरोप लाग्छ त कहिले विदेशी गीतसंगीत नै चोरी गरेको आरोप लाग्ने गरेको छ । गीत चोरीको आरोप लाग्नेमा धेरैजसो स्थापित गायक तथा संगीतकार नै रहने गरेका छन् ।

विपुल क्षेत्री, कालीप्रसाद बाँस्कोटा, अल्मोडा राना उप्रेतीदेखि पछिल्लोपटक यो आरोप गायक प्रकाश सपुतलाई लागेको छ । सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको र टिकटकमा अत्यधिक प्रयोग गरिएको प्रकाशको गीत ‘गलबन्दी’ पुराना लोकगायक शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत ‘आउ नाचौं साथी हो’सँग मिलेको आरोप लागेको छ । 

राई ‘गलबन्दी’ आफ्नो गीतसँग हुबहु मिलेको बताइरहेका छन् भने प्रकाश यसबारे त्यति बोलेका छैनन् । त्यसो त शम्भु राईले प्रकाशको गीत आफ्नो गीतसँग मिलेको बताइरहेका बेला कतिपय सर्जक, दर्शक तथा स्रोताले प्रकाशकै समर्थनमा सामाजिक सञ्जालमा धारणा राखिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘उस्तै सुनिन सक्छ तर ठ्याक्कै मिल्दैन’

संगीतकार न्ह्यु बज्राचार्य धेरै हदसम्म संगीत एउटै लागे पनि चोरी नभएको हुनसक्ने बताउँछन् । लोकगीत बनाउँदा लोकसंगीतलाई आधार बनाउनुपर्ने हुँदा उस्तैउस्तै सुनिने र यसैलाई चोरी भयो भन्ने गरिएको उनको भनाइ छ । 

Global Ime bank

“गीतमा चार बार हुन्छ  । एक बारमा चार काउन्ट हुन्छ । चार बारमा १६ काउन्ट हुन आउँछ । हामीले गीतसंगीत सुरु गर्दा योसम्म आउँदासम्म मिल्नु हुँदैन भन्ने थियो,”  बज्राचार्य भन्छन्, “शास्त्रीय संगीत बनाउने हो भने शास्त्रीय आधार लिनुपर्छ । आधार लिँदा चोरेको भन्ने गरिँदो रहेछ ।”

उनी अगाडि थप्छन्, “शास्त्रीय संगीतको आधार लिँदा रागहरुको नियम हुन्छ । यो नोट लाग्यो भने यो राग हुन्छ भन्ने हुन्छ । यमन रागमा गीत बनाउनुपर्यो भने हाइबाट लो र लोबाट हाइमा जाँदा यो रागमा एउटा शैली हुन्छ ।” उनका अनुसार संगीतमा वादी र संवादी भन्ने सुर हुन्छ । यसको नोट कुन हो र पक्कड कुन हो भन्ने हुन्छ । राग भनेर चिनाउने ठाउँलाई पक्कड भनिन्छ । रागमा आधारित गीत बनाउँदा सबैले एउटै फर्मुलामा बनाउँछन् । त्यसैले एकअर्काको गीत मिलेमिले जस्तो हुन्छ । तर चोरेको हुँदैन ।

‘संयोगवश मिल्न पनि सक्छ’

संगीतकार हरि लम्साल कहिलेकाहिँ काम गर्दैै जाँदा एउटै मेलोडी आउन सक्ने बताउँछन् । यद्यपि यस्तो अवस्थामा त्यो मेलोडी पहिला अरुले प्रयोग गरिसकेको अवस्थामा पुरानो श्रष्टाबाट प्रभावित भएको भनेर क्रेडिट दिनुपर्ने उनको भनाइ छ ।

“कतिपयको चोर्ने नियत नै पनि हुन्छ । पटकपटक एउटै संगीतकारको संगीत अरुसँग मिल्न गयो भने उसको नियतमै खोट लगाउन सकिन्छ । पहिला आइसकेको तर चर्चामा नआएको अथवा जति सुनिनुपर्ने हो, त्यति नसुनिएको अवस्थामा त्यसैलाई लिएर थोरै केही परिवर्तन गरेर ल्याउने गरेको पनि पाइन्छ,” लम्सालको तर्क छ, “स्थापित व्यक्तिहरुले अरुको गीतसंगीत चोर्नुपर्छ जस्तो लाग्दैन । मेहनत गर्यो भने जति पनि नयाँ संगीत सिर्जना गर्न सकिन्छ । मेहनत नगर्ने र आर्थिक हिसाबले पनि राम्रो होला भन्ने लोभले गीत चोरी भइरहेको जस्तो लाग्छ ।” संगीत मिलेको अवस्थामा त्यसको क्रेडिट दिन हिचकिचाउन नहुने उनको भनाइ छ । 

‘लोक भाकामा कपिराइट लगाउनु अनुचित’

संगीतकार वसन्त सापकोटा लोकगीत समाजको संस्कृति भएकाले कपिराइट नलाग्ने तर त्यसलाई लय संकलन भनेर लेख्नुपर्ने तर्क गर्छन् । लोक भाकालाई आफ्नो संगीत भनेर लेख्न नपाइने सापकोटाको भनाइ छ । 

“रोइला भाकालाई मैले मेरो कपिराइटमा राखेँ भने भोलि त्यो अर्कोले गाउन पाउँदैन र हाम्रो संस्कृति नै मर्न जान्छ । मारुनी, काँठे, सोरठी भाकाको एउटै कलर हुन्छ, त्यसैले यसमा कसैले पनि आफ्नो कपिराइटभित्र राख्न पाउँदैन,”  सापकोटा भन्छन्, “लोक गीतसंगीत कहिँ न कहिँ कसै न कसैले गाइरहेको, गुनगुनाइरहेको हुन्छ, सर्जकले त्यही नै सुनेर ल्याएर रेकर्ड गर्ने हो । पछिल्लो समय संगीत राख्यो भने आफ्नो नामलाई कपिराइट आउँछ भनेर राखिरहेका छन् तर यो गलत हो । यसमा संकलन नै राख्नुपर्छ ।”

‘यस्तो अवस्थामा चोरी भन्न मिल्छ’ 

संगीतकार लक्ष्मण शेष ताल मिल्दैमा गीतसंगीत चोरी नहुने बताउँछन् । एउटै तालमा लाखौं गीत बन्नसक्ने हुँदा ताल मिलेकै भरमा कपिराइट नलाग्ने उनको तर्क छ । 

“संगीतमा थुप्रै ताल हुन्छन् । रुपक ताल, झप ताल, दादरा जस्ता तालमा एउटै तालमा असंख्य गीत बन्छन् । यसमा मिल्यो र चोरी भयो भन्नु मूर्खहरुले गर्ने तर्क हो,” शेष भन्छन्, “स्वर लिपी हुन्छ । विश्वव्यापी मान्यताअनुसार ८ बारसम्म ठ्याक्कै मिल्यो भने त्यो चोरी हुन्छ र कपिराइट लाग्छ । यो मिलायो भनेमात्रै मिल्छ, आफैँ मिल्दैन ।” ८ बारसम्म एउटामात्रै नोट तलमाथि भयो भने कसैले पनि दाबी गर्न नपाउने उनी बताउँछन् ।

कपिराइट अथवा प्रतिलिपि अधिकारलाई संविधानले मौलिक अधिकार अन्तर्गत राखेको छ । आफ्नो बौद्धिक सम्पत्ति चोरी भएको अवस्थामा पीडितले त्यसको मूल्यांकन गरेर पीडकसँग क्षतिपूर्ति भराउन सक्ने कानुनी व्यवस्था छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC