site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सडक बढार्न सातवटा ब्रुमर, राहत होला त यो बर्खामा ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । इटलीबाट ल्याइएका पाँचवटा ब्रुमरले काठमाडौंका सडकको धुलो उठाइरहेका बेला छिमेकी चीनले पनि दुईवटा ब्रुमर दिएपछि यो बर्खामा धुलो र हिलो खेप्नु नपर्ने आशा काठमाडौंबासीमा बढेको छ । 
गएको चैतदेखि काठमाडौं महानगरपालिकाले इटलीबाट ल्याएका ‘युरो फोर’ मापदण्डका पाँचवटा ब्रुमरबाट धुलो सफा गर्ने काम गरिरहेको छ । त्यसमा हिजो (आइतबार) चीनको छेन्दुङ नगरले दुईवटा ब्रुमर उपलब्ध गराएको छ । यी ब्रुमर काठमाडौंका विभिन्न सडकका पाँचवटा रुटमा रातको समयमा सञ्चालन भइरहेका छन् । 

“राति ८ देखि १२–१ बजेसम्म सञ्चालन हुँदा एउटा ब्रुमरले करिब दुईदेखि तीन टनसम्म धुलो संकलन गरिरहेका छन्,” काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
सडक तथा ट्राफिक इन्जिनियर आशीष गजुरेल सडक सुधार र सरफाइका लागि विकसित देशको प्रविधि काठमाडौं महानगरपालिकाले अपनाएको सराहनीय काम भएको बताउँछन् ।

“राम्रो सडकमा ब्रुमर चलाउने र जीर्ण सडक मर्मत कार्यलाई सँगसँगै लैजानुपर्छ,” गजुरेलले भने, “प्रविधिको प्रयोग गरिएन भने हामी पछाडि पर्छौंं । सडक विभागले स्थानीय सरकारको समन्वयमा सडक मर्मत, सम्भार र सरसफाइलाई थप प्राथमिकता दिनुपर्छ ।”

Agni Group

पूर्वाधारविद् सूर्यराज आचार्यले पनि पछिल्लो समय काठमाडौंका सडक मर्मत, सम्भार र सरसफाइका केही काम भएको महसुस भएको बताए । आचार्यले भने, “आइतबार चीनले दिएको ब्रुमरसहित काठमाडौंमा अब सातवटा ब्रुमर भए । सडक सरसफाइमा केही सुधार गरौं न त भन्ने चाहना महानगरपालिकामा देखिएको छ । तर सडकको अवस्था नसुधारी ब्रुमर चलाउनु उपयुक्त होइन । सडकका खाल्डाखुल्डी पुर्नेलगायतका कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । सडक खनेर त्यसै छोड्ने, ढल सफा गरेर सडकमै थुपार्ने प्रवृत्ति सुधार गर्न जरुरी छ ।”

चीनको छेङ्दु नगरपालिकाले महानगरलाई दिएका ब्रुमर युरो ५ मापदण्डको रहेको महानगरपालिकाले बताएको छ । महानगरपालिका मेकानिकल शाखा प्रमुख प्रमोद डङ्गोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका बु्रमरमा २ वटा इन्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इन्जिनको क्षमता ११८ किलोवाट छ ।

Global Ime bank

“१५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । सडकको धुलो र पात पतिंगर पनि उठाउन सक्ने बु्रमरले ७ घनमिटर धुलो संकलन गर्न सक्छन्,” डङ्गोलले भने, “९ घनमिटर पानी बोक्ने क्षमता छ । सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पातहरु तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ ।”

यसअघि ०७५ चैत १२ मा महानगरपालिकाले ती ५ वटा ब्रुमरलाई ७ लाख ६२ हजार ४ सय ७० युरो तिरेर इटालीबाट खरिद गरेको हो । यसबाहेक स्पेयर्स पार्ट्सको भन्सार शुल्क २६ लाख १६ हजार ८ सय ६१ रुपैयाँ र कलकत्तादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख खर्च भएको महानगरपालिकाले बताएको छ ।

सरकारलाई बुझाउने करसहित काठमाडौं आइपुग्दा एउटा ब्रुमरको मूल्य २ करोड १५ लाख १७ हजार ४ सय ३६ रुपैयाँ रहेको महानगरपालिका स्रोतले बताएको छ । ती ब्रुमर रातिको समयमा माइतीघर, जमल, सुन्धारा, दरबारमार्ग, वानेश्वर, त्रिपुरेश्वर, टेकु क्षेत्रमा सञ्चालन भइरहेको महानगरपालिका वातावरण विभाग प्रमुख श्रेष्ठले बताए ।

चीनले उपहारस्वरुप महानगरपालिकालाई आइतबार हस्तान्तरण गरेका ब्रुमरको भन्सारबाहेकको मूल्य २ करोड २७ लाख ३७२ रुपैयाँ रहेको महानगरपालिकाले बताएको छ । आइतबार हस्तान्तरण गरिएको ब्रुमरमा महानगरपालिकाको बजेट खर्च नभए पनि अघिल्लो पटक इटालीबाट खरिद गरिएका ब्रुमर खरिदमा महानगरपालिकाले आफ्नो बजेट खर्चिएको हो ।

ब्रुमर खरिद र सञ्चालनलाई मात्र प्राथमिकतामा नराखेर सडक पूर्वाधार विकासमा पनि बजेट खर्च गरी सबैका लागि सडक प्रयोग सहज बनाउनुपर्ने सरोकारवाला बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC