वासिङ्टन । अमेरिकाका दुई अग्रज सिनेटरले सदनमा ‘युएस आर्म्ड कन्ट्रोल्स एक्सपर्ट एक्ट’मा संशोधन प्रस्ताव पेश गरेका छन् । साथै, भारतलाई पनि नाटो देशहरुकै समान दर्जा दिनुपर्ने प्रस्ताव पनि गरेका छन् ।
यसले भारत ‘इन्टरनेसनल ट्राफिक इन आर्म्स रेग्युलेसन लिस्ट’ मा अमेरिकाको नाटो सहयोगीहरुको बराबरमा पर्नेछ । हाल अमेरिकाको यस्तो सूचीमा इजरायल, अस्टे«लिया, न्युजिल्यान्ड र दक्षिण कोरिया रहेका छन् ।यो संशोधन विधेयकलाई डेमोक्रेट सिनेटर मार्क वार्नर र रिपब्लिकन सिनेटर जोन कार्निनले पेश गरेका हुन् ।
यो विधेयकमा ‘फरेन मिलिट्री सेल्स’ को नियमहरुमा परिवर्तनको कुरा गरिएको छ । यसबारे पूरै जानकारी भएका सूत्रका अनुसार, संसद्बाट यो विधेयकलाई मञ्जुरी मिलेका खण्डमा भारत–अमेरिका सम्बन्धमा ठूलै प्रगति हुनेछ । यसबाट भारतलाई जरुरी ‘अपरेसन’का निम्ति तत्कालै हतियार तथा अन्य प्राविधिक वस्तु उपलब्ध हुन सक्छ । यसले आपूर्तिमा पनि तीव्रता ल्याउने बताइन्छ ।
अमेरिकामा दुई प्रकारका ‘टेक्नोलोजी कन्ट्रोल’ सूची छन् । पहिलो ‘एक्सपोर्ट एडमिनिस्ट्रेसन रेग्युलेसन’ रहेको छ, जसमा सिभिल र मिलिट्री प्रयोगका सामान पर्छ । दोस्रो सूचीमा इन्टरनेसनल ट्राफिक इन आर्म्स रेग्युलेसन रहेको छ । पेन्टागनसँग मुख्य रक्षा साझेदारीमा सामेल हुँदा भारतलाई अति संवेदनशील सैन्य सामग्री हासिल हुन सक्छ ।
(इकोनोमिक टाइम्स)