site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यार्सा संकलन गर्न गएका आमा-छोरीमाथि हतियार प्रहार, हेलिकोप्टरमार्फत उद्धार
Ghorahi CementGhorahi Cement

दाङ । यार्सागुम्बा संकलनका लागि रुकुम पूर्वको मैकोट पुगेका आमा छोरीलाई अज्ञात समूहले धारीलो हतियार प्रहार गरेको छ । मैकोटमा यार्सा संकलन गरेर घर फर्किँदै गरेका ३८ वर्ष की जुनकुमारी पुन र १४ वर्षकी उनकी छारी रश्मी पुनमाथि अज्ञात समूहले लुटपात गरी धारीलो हतियार प्रहार गरेको हो । गम्भीर घाइते आमाछोरीमाथि शनिबार साँझ साढे ७ बजे तिर धारिलो हतियारको प्रयोगबाट लुटपाट गरिएको जनाइएको छ । उनीहरुलाई उपचारको लागी हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गम्भीर घाइतेको उद्धार गृहमन्त्रालयको सहकार्यमा भएको हो । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य कमला रोका र पूर्वआपूर्तिमन्त्री गणेशमान पुनको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।

Agni Group

यसका साथै, यार्सा संकलनको क्रममा भीरबाट लडेर घाइते भएका रोल्पा थवाङका चिन्तन विकलाई समेत हेलिकप्टटरबाट उद्धार गरेर काठमाडौं पठाइएको छ । सांसद रोका र पूर्वमन्त्री पुनको पहलमा उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा लगिएको हो ।

गम्भीर घाइते बनेका आमाछोरीलाई स्थानिय स्तरमा सामान्य औषधि उपचार गरिएपनि थप उपचार सम्‍भव नभएपछि उनीहरुको उद्धार गर्नु परेको पूर्वमन्त्री पुनले बताए । यस्तै, रोल्पा थवाङका ५८ वर्षीया चिन्तन विक समेत यार्ससा संकलनको क्रममा मैकोटको पुर्वाङमा भिरबाट लडेर गम्भीर घाइते बनेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC