site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माथिल्लो तामाकोसी २०७५ असारमा सम्पन्न हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । निर्माणाधिन ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न हुने भएको छ ।
विनासकारी भूकम्प र नाकावन्दीले १ वर्ष भन्दा बढी समय ढिलाइ भएपछि आयोजना आउँदो ०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको हो । भूकम्पले पहँुचमार्गमा सडकमा ठुलो क्षति पु¥याएपछि बाँधस्थलको काम प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । आयोजनाको बाँधस्थलमा पुग्न २६० मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको उनले जानकारी दिए । 
“भूकम्प र नाकावन्दीले आयोजना ढिलाइ हुन गएको हो,” उनले भने “यो वर्षसम्म आयोजना सम्पन्न हुने गरी काम अघि बढिरहेकोमा निर्धारित लक्ष्य प्रभावित भई ०७५ असारसम्म आयोजनाको काम सम्पन्न हुने देखिएको छ ।” सुरुङ मार्गको काम सम्पन्न भएपछि बाँधको काम पनि अघि बढ्ने उनको भनाई छ । भूकम्पअघि आयोजनाको काम ७५ प्रतिशत बढी सम्पन्न भइसकेको थियो । भूकम्पअघि तिव्र गतिमा आयोजनाको काम अघि बढिरहेको थियो । 
आयोजना सम्पन्न भएपछि वर्षादमा हुँदै आएको विद्युतभार (लोडसेडिङ) हटनेछ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको सिभिल निर्माणको काम ०६७ भदौदेखि सुरु भएको हो । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आगामी २०७३ साउनदेखि पहिलो ईकाईबाट बिजुली उत्पादन गर्ने नयाँ मिति तय गरेको थियो ।  
निर्माण अवधिको व्याज बाहेक आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ (४४ करोड १० लाख अमेरिकी डलर) छ । यो लागत १ डलर बराबर ८० रुपैयाँलाई आधार मानेर तय गरिएको हो । हाल डलरको भाउ बढेर १०७ रुपैयाँसम्म पुगेको र १ वर्षभन्दा बढी समय काम ठप्प भएकाले आयोजनाको लागत अझ बढ्ने सम्भावना छ ।
माथिल्लो तामाकोसीको अर्को आयोजना रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सन आयोजनाको विस्तृत इन्जिनिरिङको काम भइरहेको छ । यसका लागि जर्मनको ल्याह्यमेयर इन्टरनेश्नलले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)  गरिरहेको छ । तामाकोसीको परामर्शदातमा ल्याह्यमेयर नै हो । उसैले तामाकोसीको विस्तृत इन्जिनियरिङ तयार गरेको हो । आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भीक अध्ययनले देखाएको छ । ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । यो समेत गरी माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब ४५ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युतगृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारणलाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन,हाइड्रोमेकानिकलमा टेक्सम्याको इण्डिया लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् । 
माथिल्लो तामाकोसीले वर्षादको ३ महिना पुरै विद्युत् उत्पादन गरेपनि माघ र फागुनमा घटेर ९० मेगावाट मात्र सिमित हुने छ । रोल्वालिङको पानी मिसाएपछि आयोजनाबाट सुख्खायाममा १ सय २० मेगवाटसम्म विद्युत् उत्पादन हुने छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC