site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आधुनिक जीवनले मानिसको शारीरिक बनावटमा कस्तो परिवर्तन ल्याउँदैछ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । सदियौँदेखि वैज्ञानिकहरुले मानिसको शारीरिक हड्डीको विकास सीमित रहेको र तिनीहरु पूर्वानुमान गर्न सकिने तरिकाले हाम्रा आमाबुवा र परिवारसँग मेल खाने गरि बढ्ने विश्वास गर्दै आएका थिए । तर एक डच एनाटोमिस्टले एउटा बाख्राको कंकाल अध्ययन गर्दा वर्तमानको वातावरणसँग अनुकूल रहन त्यसको हड्डीहरुको विगतको ढाँचामा परिवर्तन आइरहेको पत्ता लगाएका हुन् । यसरी आज हाम्रो शरीरले पनि आधुनिक जीवन अनुरुप नयाँ विकासका ढाँचा अपनाइरहेको पाइएको छ । अर्थात हाम्रो ‘स्केलेटन सिस्टम’ पनि समयअनुसार तन्किने वा खुम्चने भइरहेको छ । बाहिरबाट हेर्दा हड्डी कडा र नतन्किने भएपनि त्यसभित्र जोडिएर रहेका मांसपेशीहरु जिवित र हरेक क्षण सक्रिय रहने गर्दछन् । यस्तोमा त्यहाँका सेलहरु लगातार नष्ट हुँदै फेरि विकास हुने क्रम जारी रहन्छ जसकारण पनि यो हाम्रो जीवनशैली अनुरुप नयाँ प्रकारले विकासित सक्ने बताइएको छ ।

यसले एउटा नयाँ अध्ययनको उत्पति गराएको छ जसलाई ‘ओस्टियो बायोग्राफी’ भनिन्छ जुन सामान्य ढङ्गमा हड्डीहरुको जीवनकथा हो र यस अन्तर्गत एक व्यक्तिको हड्डी हेरेर उसको जीवनशैली कस्तो थियो र उसले कसरी जीवन बितायो भनेर बताउन सकिन्छ । 

यस्तोमा वैज्ञानिकहरुले भविष्यमा पनि २०१९ का मानिसहरुको जीवन कस्तो थियो भन्ने थाहा पाउन यहि तरिका अपनाउन सक्नेछन् । किनकी हाम्रो आधुनिक जीवनले पनि हाम्रा हड्डी र शरीरको बनावटमा धेरै परिवर्तन ल्याइसकेको पुष्टि भएको छ । जस्तै अहिलेका धेरै मानिसहरुको खोपडीको पछाडिपट्टीको भागमा अनौठो सानो काँडाजस्तो उठेको फेला परेका छन् भने हाम्रो बङ्गारा सानो हुँदै गइरहेको छ । त्यस्तै युवाहरुको कुइनो सानो हुँदै जानु र बालबालिकाहरुको हड्डी कमजोर हुनु लगायतका घटना आधुनिक जीवनशैलीको प्रभाव स्वरुप मानव शरीरमा आइरहेका बदलावहरुका उदाहरण हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

युनिभर्सिटी अफ सनसाइन कोस्ट अष्ट्रेलियाका स्वास्थ्य वैज्ञानिक डेभिड सहर भन्छन्– म २० वर्षदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध छु र पछिल्लो दशकदेखि मैले मेरा बिरामीहरुको खोपडी अनौठो तरिकाले बढेको महसुस गरेको छ । काँडा जस्तो उठेको देखिने सो विशेषतालाई ‘अक्सिपीटल प्रोटुबरेन्स’ भनिन्छ जुन खोपडी पछाडिको तल्लो भागमा, घाँटीको ठीक माथि हुन्छ । कसैको यस्तो भएमा हामीले छामेर पनि थाहा पाउन सकिन्छ र तालु भएमा बाहिरैबाट देखिन्छ । केही समय अगाडिसम्म पनि यस्तो फेला पर्नु अत्यन्तै दुर्लभ मानिएको थियो । १८८५ मा पहिलोपटक यो देखा पर्दा यसको अनुसन्धान गर्ने वैज्ञानिकले जीवनभर अनेकौँ नमुनाहरुमाथि अनुसन्धान गर्दा कहिल्यै त्यस्तो नदेखेको र त्यसको नाम समेत नभएको गुनासो गरेका थिए । यस्तोमा डेभिड र उनका सहकर्मीहरुले यसको अनुसन्धान गर्ने निर्णय गरे र १८ देखि ८६ वर्षका हजारौँ मानिसको खोपडीको एक्स–रे गरेका हुन् । यसपछि उनीहरुले त्यस्तो खोपडी भएका मानिसहरुको पोस्चरबारे पनि अध्ययन गरे । 

यसरी वैज्ञानिकहरुले यो अनुसन्धानबाट पत्ता लगाएको कुरा वास्तवमै आश्चर्य चकित पार्ने किसिमको थियो किनकी खोपडीको सो वृद्धि युवा पीढीमा अत्यन्तै सामान्य भइसकेको उनीहरुले थाहा पाए । जस्तै १८ देखि ३० वर्षका चार मध्ये एकमा यस्तो हुने गरेको उनीहरुको भनाइ छ । यसपछाडिको वैज्ञानिक कारण के हो त ? के यो चिन्ताजनक विषय हो ? 

Global Ime bank

डेभिडका अनुसार खोपडीको सो वृद्धि वास्तवमा आधुनिक प्रविधिसँग सम्बन्धित रहेको छ विशेषगरी अहिलेको युगमा मोबाइलको मोहले यस्तो गराइरहेको छ । जस्तै हामीले मोबाइल हेर्दा हाम्रो घाँटी तन्काएर टाउको अगाडि ल्याइरहँदा हाम्रो घाँटीले टाउकोलाई त्यसको पोजिसनमा राख्न असहज तरिकाले तन्काउनु पर्ने हुन्छ ।

डाक्टरहरुले यसबाट हुने दुखाइलाई ‘टेक्स्ट पेन’ को नाम दिएका छन् । डेभिडका अनुसार खोपडीको सो वृद्धिले त्यो शारीरिक स्थितिका कारण घाँटी र टाउकोमा उत्पन्न गराउने थप दबाबलाई कम गर्न मद्दत गर्ने गर्दछ । तर मोबाइल चलाउनु अगाडि किताब पढ्दा पनि हामी त्यसरी नै मुनि हेर्ने गर्दथ्यौँ तर यसले किन हाम्रो खोपडीमा त्यस किसिमको परिवर्तन ल्याएन भन्ने प्रश्न पनि आएको छ जसको एउटै मात्र जवाफ भनेको हामीले फोनमा बिताउने समय रहेको बताइएको छ । जस्तै हामीले दैनिक दुई घण्टा मात्र पढ्थ्यौँ होला तर अहिले दिनभरिमा हामीले त्यो भन्दा दुई गुणा समय मोबाइल हेर्ने गरेका छौँ । 

त्यसैगरी यता जर्मनीमा पनि वैज्ञानिकहरुले मानव शरीरमा देखा परेको अर्को अनौठो तथ्य फेला पारेका हुन् । यसरी हाम्रो हड्डीहरु समय अनुसार कति परिवर्तन भएका छन् भनि अध्ययन गर्न १९९९ देखि २००९ बीचका बालबालिकाहरुमाथि अध्ययन गरिएको हो । जसपछि  उनीहरुको हड्डी समयसँगै कमजोर हुँदै गएको पत्ता लागेको युनिभर्सिटी अफ पोट्सडमकी क्रिस्टिएन स्केफ्लर बताउँछिन् । यसपछाडिको कारणमा उनीहरुले वंशाणुगत् हुन सक्ने, पोषण तत्वको कमी हुन सक्ने अनुमान लगाएकी थिइन् र अर्को कारण भनेको आजका बालबालिकाहरु प्रविधिका कारण शारीरिक रुपमा पहिले जसरी सक्रिय नरहनुले पनि यस्तो बदलाव ल्याउन सक्ने संकेत देखिएको छ । यसरी मान्छेको कुइनो संकुचित हुँदै जानुका पछाडिको कारण पनि हामी विगत्को पीढीका तुलनामा कम सक्रिय रहनु भएको बताइएको छ । 

यसैबारे थप अध्ययन गर्न उनी र उनका सहकर्मीले सबै बालबालिकालाई एक हप्ताभरिको तिनको दैनिक क्रियाकलापबारे प्रश्नहरुको जवाफ दिन लगाए । जसपछि उनीहरुको हड्डी कमजोर हुनु तिनीहरु दिनभरिमा हिँड्ने दौडने लगायत शारीरिक क्रियकलापको मात्रासँगै सम्बन्धित रहेको फेला परेको हो । सबैलाई थाहा भएकै कुरा हो की हामीले जति जति हाम्रा मांसपेसीको प्रयोग गर्छौँ त्यति नै हामीले त्यसलाई सहायता गरिरहेको हड्डीको तौल बढाउन पनि मद्दत गरिरहेका हुन्छौँ ।  उनले भनेकी छन्, “हामीले बारम्बार मसल्स चलाइरहँदा हड्डीका टिस्युपनि धेरै निर्माण भइरहेका हुन्छन् र हाम्रो हड्डी ठूलो र बलियो हुँदै जान्छ ।”
यस्तोमा तुलनात्मक रुपमा ठूलो हुनुपर्ने कुइनोको हड्डी  सानो हुँदै जानु र कमजोर हड्डी हुनु, आधुनिक जीवन अनुरुप शारीरिक बनावटमा परिवर्तनको लक्षण भएको बताइएको छ । किनकी आवश्यक नहुँदा हड्डी बढ्नुको कुनै अर्थ पनि छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC