site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आमाको हत्यापछि नाबालक बिचल्लीमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
 
जुम्ला। चन्दननाथ नगरपालिका–४ निवासी आमा दाना शाही बुढ्थापा को हत्या भएपछि नाबालक सीमा र सर्जन बुढ्थापा बिचल्लीमा परेका छन् । 
 
नाबालक सीमा र सर्जनका बुबा भक्तबहादुर बुढ्थापा पत्नी दाना हत्याको दोषी सावित भई ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदमा परेको र आमा पनि नरहेकाले नाबालक बुढ्थापा भाइबहिनी बिचल्लीमा परेका हुन् । 
 
गत फागुन १५ गते दाना शाही घरमै मृत अवस्थामा भेटिएकी थिइन् । मृत अवस्थामा भेटिएकी दानाको हत्या भक्तबहादुरले गरेको भन्दै उनी विरुद्ध माइती पक्षले प्रहरीमा किटानी जाहेरी सहितको निवदेन दर्ता गरेका थिए । 
 
जाहेरी अनुसार प्रहरीले हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो । आरोपित भक्तबहादुरलाई जिल्ला अदालत जुम्लाले जेठ २३ गते दोषी ठहर भएको फैसला गरे बमोजिम उनी अहिले जिल्ला कारगार जुम्लामा जन्मकैदको सजाय भोगिरहेका छन् । 
 
यसरी आमाको हत्या र बाबुपनि जन्मकैदमा परेपछि बुढ्थापा भाइबहिनी साहाराविहीन भएका छन् । मावलीतर्फको हजुरआमा पाँचा शाहीले आफू वृद्ध भएको र उनीहरुको पालनपोषण गर्न नसक्ने भन्दै संरक्षणमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । सोही निवदेन अनुसार असार १२ गते महिला विकास अधिकृत अनिता ज्ञावलीको संयोजकत्वमा संरक्षण विषयगत क्षेत्रको समन्वयात्मक समितिको बैठकबाट दुवैै बालबालिकाको हकदाबी गर्न सात दिने सूचना जारी गरेको महिला विकास अधिकृत ज्ञावलीले जानकारी दिए । 
 
सात दिनसम्म सीमा र सर्जन बुढ्थापामाथि हकदाबी गर्न आएमा ठिकै छ, तथापि कोही नआएको खण्डमा उनीहरुको व्यवस्थापन तथा संरक्षणका लागि यहाँस्थित बालगृह ९माया सदन० मा सिफारिस गर्नेछौँं, महिला विकास अधिकृत ज्ञावलीले भने । 
 
दोषीमाथि कारबाही गर्नु र आमा बाबुविहीन बालबालिकाको अधिकारको रक्षा गर्नु राज्यको दायित्व भएको उनीहरुले औंल्याएका छन् । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७३  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC