site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 फोपीमा रिलिज भयो चलचित्र ‘ऐश्वर्य’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ शुक्रवारबाट फोपीमा रिलिज हुने भएको छ । तीन लाखभन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ  नेपाली चलचित्रहरु प्रदर्शन गर्ने गरिएको छ । 

गत वर्ष कात्तिक ९ गते हलमा प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ प्रेमकथामा आधारित द्वन्द्वात्मक चलसिचत्र हो । चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, केकी अधिकारी, अर्जुन श्रेष्ठ, निर्मल शर्मा मुख्य भूमिकामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रमेश उप्रेतीको कम्ब्याक मानिएको यस चलचित्रलाई दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्रलाई निर्मल शर्मा, अर्जुन श्रेष्ठ र किरण उप्रेतीले निर्माण गरेका हुन् । 

फोपीमा विश्वको प्राय सबै देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली चलचित्रहरु हेर्न सकिन्छ । हरेक चलचित्र हेर्दा प्रयोगकर्ताले केही रमक तिर्नु पर्छ । नेपालमा यसरी चलचित्र हेर्दा रु ३० वा रु ५० तिर्नु पर्नेछ । यसरी चलचित्र हेर्न आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेस वा खल्ती वा इसेवाबाट पैसा तिर्न सकिने छ ।

Global Ime bank

भारतमा पेटिएम, मलेसियामा कार्ड वा सेभेन इलेभेन र अन्य देशहरुमा बैकंको कार्डबाट चलचित्र खरिद गर्न सकिन्छ । यसरी प्रदर्शन गरिएको चलचित्रबापत डिजिटल राइट्स लिनेले पैसा पाउँछन् । 

यस एपका संस्थापक अध्यक्ष प्रशान्त राज कार्कीका अनुसार पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउने उद्देश्य यो एपको रहेको छ । आफूहरु नेपाली चलचित्रलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी कार्कीले दिए । एप अहिले प्ले स्टोरमा उपलब्ध छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC