site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बीपी थुनिएको जेलको माटो कोइराला निवासमा राखियो
Sarbottam CementSarbottam Cement

विराटनगर । सहभागीले निहुरिएर शीरले माटो ढोगे । बीपी कोइराला र लोकतन्त्रको जयगान गाए । जयकार गर्दै करिब दुई सय मानिस एकसाथ शुक्रबार दिउँसो विराटनगरको कोइराला निवास प्रवेश गर्दा त्यहाँ उपस्थित भएकाहरुले ताली बजाउँदै स्वगत गरे । 

पंक्तिमा उभिएका मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली केही अगाडि बढे । कांग्रेस सचिव मोदराज घिमिरेसहितका नेताले हात मिलाउँदै र अंकमाल गर्दै कोइराला निवास छिरेका समूहका सदस्यमाथि प्रेम दर्शाए । सहभागीले यो प्रेमपूर्ण स्वागतलाई धन्यवाद भावले स्वीकार गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालयबाट बीपी कोइरालाले टेकेको भूमिको माटो टेक्न भ्रमणमा निस्किएको टोलीका सदस्य कोइरालाहरुको किलोथलो मानिएको सिन्धुलीको दुम्जा हुँदै आज अपरान्ह विराटनगर आइपुगेका हुन् । सुन्दरीजल कारागारबाट ल्याइएको माटो र तस्बिर संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलले कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूलाई हस्तान्तरण गरे ।

उनले भने, ‘‘बीपी कोइरालाको निवासमा उहाँले सबैभन्दा धेरै समय बिताएको सुन्दरीजल जेलको माटो ल्याएर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ ।’’ कोइराला निवास लोकतन्त्रको उद्भवस्थल भएकोले पनि बीपीले सबैभन्दा धेरै समय बिताएको जेलको माटो यहाँको माटोमा मिसाउन ल्याइएको पोखरेलले सुनाए । उनले यस्तो ऐतिहासिक स्थलको महत्व आफैंमा उच्च रहेको चर्चा गर्दै सरकारले केहीअघि सुरक्षाकर्मी हटाउनु निक्कै दुःखदायी भएको बताए ।

Global Ime bank

कांग्रेस सभापति डिगबहादुर लिम्बूले कोइराला निवास प्रजातान्त्रिक आन्दोलनको धरोहर भएको बताउँदै भने, ‘‘यो स्थल कांग्रेसजनको लागि मात्र नभएर सम्पूर्ण लोकतन्त्रलाई माया गर्नेहरुको लागि ऐतिहासिक स्थल हो ।’’ लिम्बूले यो स्थलको संरक्षण नै अहिलेको प्रमुख चासोको विषय भएको पनि बताए । विराटनगर लगत्तै बीपी भारतमा निर्वासन भएकाबेला बसेको बिहारको फारबिसगञ्जस्थित निवास पुगेर टोली विराटनगर आउनेछ ।  
यसअघि यो टोली सिन्धुलीको सुनकोशी गाउँपालिका–१, दुम्जा पूर्व प्रधानमन्त्रीहरू बीपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको पुख्र्यौली थलो पुगेको थियो । वि.सं. १९५० मा बनेको कृष्णप्रसादको घरको भग्नावशेष अझै दुम्जामा छ । वि.सं. १९९० को भूकम्पले क्षति नपुगेको यो घर २०७२ वैशाख २९ गतेको भूकम्पले भत्केको थियो ।

वैशाख १२ र १३ गतेको भूकम्पले कोइराला परिवारको यो ऐतिहासिक थलोमा क्षति पुगेको थिएन । सिन्धुपाल्चोक र दोलखाको सिमानामा केन्द्रविन्दु भएको वैशाख २९ गतेको भूकम्पले यो धरोहर ढलेको छ । हाल दुम्जामा ६० घर कोइरालाहरूको बसोबास छ । धेरै कोइरालाहरू यहाँबाट अन्यत्र बसाइँ सरे । बीपी राजमार्गबाट ६ किमीको दूरीमा पर्छ । 

विराटनगरको कोइराला निवास भने कांग्रेस नेता डा. शेखर कोइरालाले संरक्षण गरी दुरुस्तै राखेका छन् । निवास घुम्न र हेर्न दैनिक मानिसहरु आउने गर्छन् । बीपी संग्रहालयका अध्यक्ष पोखरेलले अभियान बनारससम्म पुग्ने बताएका छन् । उनले भने, ‘‘दोस्रो चरणमा सविधान दिलाउन सफल पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको नेपालगन्जस्थित निवास र वर्तमान पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवाससम्म अभियान टोली पुग्ने छ ।’’ उनले लोकतन्त्रको जग बसाउने योगदान दिने नेताहरुको महत्व बुझाउनको लागि नै अभियान थालिएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC