site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नरिवल फोडेर दुई करोड १५ लाखको क्वार्टरमा सरे मुख्यमन्त्री
Ghorahi CementGhorahi Cement

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री झन्डै सवा दुई करोडको नयाँ क्वार्टरमा शुक्रबार सरेका छन् । यसअघि उनी पोखरा महानगरपालिकाले उपलब्ध गराएको गेस्टहाउसमा बस्दै आएका थिए । सरकार गठन भएपछि भने उनी सुरुमा राष्ट्र बैंक गेस्टहाउसमा केही समय बसेका थिए ।

२०७४ फागुनदेखि उनी पार्दीस्थित महानगरको गेस्ट हाउसमा सरे । यो गेस्ट हाउस फेवाताल अतिक्रमण गरेर बनाइएको भन्दै विवादित समेत बनेको थियो । तालको किनारमै रहेको गेस्टहाउसमा १५ महिनाको बसाइपछि शुक्रबार उनी सहिदचोकस्थित नयाँ क्वार्टरमा सरेका हुन् । यो क्वार्टर पनि प्रदेश सरकारको आफ्नै भने होइन ।

जिल्ला प्रशासन कार्यालय कास्कीले प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति बनाएको हो । प्रमुख जिल्ला अधिकारी भने मुख्यमन्त्री कार्यालय भन्दा केही तल जिल्ला कारागार कार्यालय कास्कीको अगाडि रहेको सरकारी क्वार्टरमा बस्दै आएका छन् । शुक्रबार बिहान मुख्यमन्त्री गुरुङले नरिवल फोड्ने तथा पूजाआजा गरेर नयाँ क्वार्टर प्रवेशको साइत जुराएका हुन् । सेतो टीका लगाएर मुख्यमन्त्री गुरुङ पण्डितसँगै पूजाआजामा सामेल भए । त्यहाँ प्रदेशका अन्य मन्त्री तथा प्रदेशसभा सदस्यहरु सहित मुख्यमन्त्रीका आफन्त पनि उपस्थित थिए ।

Agni Group

प्रजिअको आवास प्रयोजनार्थ यो भवन निर्माणको सम्झौता भने २०७३ साल माघ २७ गते नै भएको थियो । २०७४ पुस २५ गतेसम्म सम्पन्न गर्नेगरी निर्माण जिम्मा लिएको सिएम गौचन पर्फेक्ट जेभीले तोकिएको समयभन्दा १ वर्ष ५ महिना ढिलोगरी निर्माणकार्य सम्पन्न गरेको हो ।

तीनतले भवनलाई कम्पनीले भ्याटबाहेक २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपैयाँमा सम्झौता गरेको र हालसम्म २ करोड नौ लाख ४२ हजार चार सय ८४ रुपैयाँ भुक्तानी लगिसकेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

Global Ime bank

भवनको बाहिरि परिसरमा सुरक्षागार्डको कक्षसहित बैठक कक्ष, चारवटा बेडरुमहरु छन्, भने भवन बाहिर फूलहरु समेत रोपिएको छ । यसअघि उनी बसेको महानगरपालिकाको गेस्टहाउस ६० लाख रुपैयाँ खर्चेर जीर्णोद्वार गरिएको थियो । भवन मर्मत गर्न सरकारले २५ लाख उपलब्ध गराएको थियो । बाँकी रकम तत्कालका लागि महानगरपालिकाले नै निकासा गरेको थियो ।

यसबाहेक प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री साविकको जिल्ला कृषि कार्यालयकै क्वार्टरमा बस्दै आएका छन् । क्षेत्रीय सिँचाइ कार्यालयको आवासमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको आवास छ । सामाजिक विकासमन्त्री भने स्वास्थ्य तालिम केन्द्रको क्वार्टरमा बस्दै आएकी छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरलाई साविकमा क्षेत्रीय प्रशासक बस्ने भवनलाई प्रयोग गर्दै आएका छन् । प्रदेश सरकारले हालसम्म कुनै पनि संरचनाहरु बनाएको छैन । प्रदेश मन्त्रालयदेखि प्रदेशसभा सचिवालय रहेका सबै यसअघि नै निर्मित जिल्लास्थित विभिन्न निकायका कार्यालयहरुहरु हुन् । तीनै कार्यालयहरुमा हाल प्रदेश सरकार सञ्चालन हुँदै आइरहेको छ ।

हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून र आर्थिक मामिला तथा योजना मन्त्रालय एउटै भवनमा रहेका छन् । यो भवन सीप विकास प्रशिक्षण केन्द्रको हो । यसैगरी सामाजिक विकास मन्त्रालय साविकको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेका छन् ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सहरी विकास तथा भवन डिभिजन कार्यालयमा रहेको छ । साविकको वन कार्यालयको भवन निर्माण सम्पन्न भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC