site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वाभिमानको रक्षा पहिलो प्राथमिकता

चीनका सुरक्षाकर्मीको हानेको गोलीबाट २०१७ असार (जुन, १९६०) मा मुस्ताङमा सीमा सुरक्षामा बसेका नेपाली सिपाहीको मृत्यु भयो । नेपाली भूमिमा चिनियाँ सेना प्रवेश गरेको र नेपाली सैनिक मारिएको घटनालाई नेपाल सरकारले चीनका सामु उठायो । प्रधानमन्त्री चाउ एनलाईले चीनका तर्पmबाट माफी माग्दै क्षतिपूर्ति दिए । घटना मैत्रीपूर्ण रुपमा सुल्झाइयो । 

फेरि यस्तै प्रकृतिको घटना भएको छ । भारतीय सीमा सुरक्षा बलका अधिकृतले हानेको गोलीले एक जना निहत्था नेपालीको ज्यान गएको छ । घटनाको विरोधमा नेपाल बन्दसमेत गरियो ।

यद्यपि, त्यस हत्याको विरोध गर्न नेपाल बन्द गराउनु उचित होइन । जे गर्दा पनि बन्द गर्ने संस्कृतिले कुनै पनि दृष्टिबाट मुलुकलाई फाइदा गर्दैन । बरु यसो गर्दा हस्तक्षेपविरुद्ध बलियो एकता निर्माणको प्रयास कमजोर हुन्छ । यति बेला प्रधानमन्त्रीले सिधै भारतीय प्रधानमन्त्रीसँग कुरा गर्नुपर्ने हो । गल्ती स्वीकार गर्न लगाउनुपर्ने हो । क्षमा माग्न लगाउनुपर्ने हो । क्षतिपूर्ति भर्न लगाउनुपर्ने हो । संसद्बाट घटनाका सम्बन्धमा देशको धारणा सार्वजनिक गर्नुपर्ने हो ।

Prabhu Bank
Agni Group
NIC Asia

चोक चोकमा कोणसभा आयोजना गरी घाटी सुकाएर दिएको भाषण दिल्लीमा सुनिदैन । त्यसका लागि संसद् बोल्नुपर्छ, सरकार बोल्नुपर्छ । नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारसँग फोन वार्ता गरेको खबर सार्वजनिक भएको छ । देश रुवाउने यस्तो घटना हुँदा नेपालका प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सिधा वार्ता गरेर क्षमायाचना गर्न लगाउनुपर्ने हो । इतिहासमा त्यस्तो भएको छ ।

माथी उल्लेख गरिएको सन्दर्भ नै यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहालको आत्मबल बढाउने आधार हुनसक्छ । इतिहास सम्झ, देशको स्वाभिमान कसरी जोगाउँदै आएका थिए नेताले भन्ने मुल्याङ्कन गर । अनि कदम चाल । कञ्चनपुरको पुनर्वास क्षेत्रमा मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गरी क्षतिपूर्ति स्वरुप केही रकम दिएर आफ्नो दायित्व पूरा भएको ठानियो भने त्यसभन्दा महाभूल केही हुनेछैन ।

Global Ime bank

त्यतिले मात्र नेपालीको स्वाभिमान उच्च हुनसत्तैmन । भारतलाई माफी माग्न लगाउनै पर्छ । नेतृत्वको आत्मबल र उच्च नैतिक क्षमताको परीक्षा यस्तै बेला हुने हो । त्यस्तो परीक्षामा प्रधानमन्त्री उत्तीर्ण हुनै पर्छ । उनलाई उत्तीर्ण बनाउन सबै दलहरु एक ठाउँमा उभिएर सघाउन पनि पर्छ । यस्तो बेला खुचिङ गर्ने प्रवृत्तिलाई बढावा दिइयो भने त्यसले राष्ट्रियतामा समस्या थप्दै जानेछ । 
यस विषयमा तत्काल संसद्को विशेष बैठक बोलाउन उचित हुनेछ ।

संसद्मार्फत सरकारले भारतीय सरकारलाई सन्देश पनि दिनुपर्छ । यसका लागि लोकतन्त्रको लामो अभ्यास गरेको संसदीय पद्धतिको बलियो पक्षधरका रुपमा उभिँदै आएको नेपाली कांग्रेसले अग्रसरता लिनु आवश्यक छ । देश संकटमा पर्दा, देशको स्वाभिमानमा प्रश्न उठ्दा र प्रत्यक्ष हमला हुँदा त्यसको कुशलतापूर्वक प्रतिवाद गर्दै हरेक नेपालीले स्वाभिमान उचो भएको महसुस गर्नसक्ने परिस्थिति निर्माण गर्नु कांग्रेसको विशिष्ट चरित्र हो भन्ने सन्देश फेरि एकपटक दिन कांग्रेस अग्रसर हुनै पर्छ ।

यस्तो बेला नबोल्ने सरकार, बलियो राष्ट्रिय एकता प्रदर्शन गरी विदेशी हमलाको प्रतिवाद गर्न नसके संसद् केका लागि ? सरकार बनाउनमात्र संसद् र दिनदिनका प्रशासनिक काम गर्नका लागि मात्र सरकार हो भने त्यो असली रुपमा लोकतान्त्रिक व्यवस्था हुनसत्तैmन । लोकतन्त्रलाई जीवन्त बनाउनु भनेको त नागरिकको साथमा सरकार र संसद् हरसमय रहेको अनुभूति दिलाउनु हो । त्यसो भएन भने त्यो प्राविधिक लोकतन्त्र हुन्छ । प्राविधिक लोकतन्त्रले नागरिकलाई कुनै अपनत्वभाव दिन सक्तैन । 

लोकतन्त्रका हिमायती ठान्ने नेताहरुले पनि यो चरित्रलाई जोगाउन सक्नुपर्छ । आज देश भारतीय पक्षले गरेको हत्याको विरुद्धमा उभिएको छ । भारत रक्षात्मक अवस्थामा छ । परिस्थितिको विश्लेषण गरी सरकार प्रमुखले भारतलाई गल्ती स्वीकारी क्षमा माग्न र क्षतिपूर्ति दिलाउन सक्नुपर्छ ।

यो बेला पनि त्यति गर्न नसक्ने नेतृत्वले विवादित र सत्ता स्वार्थ मिश्रित  बिषयमा नेपाली स्वाभिमानको पक्षमा आफूलाई कसरी उभ्याउन सक्ला र ? 
गोविन्द गौतमको हत्यापछि प्रकट भएका नेपाली अभिव्यक्तिले यहाँका नागरिकमा रहेको सच्चा राष्ट्रियताको भाव झल्किरहेको छ । सप्तरीमा मारिएका नेपालीले पनि त्यस्तै भाव झल्काइदिएको छ । नेपाली मारिनु हुँदैन भन्ने भावना एक स्वरमा प्रकट भइरहेको छ । विदेशी सेनाले हत्या गरेको हुँदा यो घटनाअलि फरक हो भनिएला ।

तर, भखरै भएका ती दुई घटना र जाजरकोटको दूर्घटनापछिका नागरिक अभिव्यक्ति सुन्दा हत्याको विरोधमा, नेपाली राष्ट्रियताको पक्षमा बलियो जनमत यहाँ उपस्थित छ भन्ने स्पष्ट सन्देश प्रवाहित भइरहेको छ । राष्ट्रियता भनेको वास्तवमा राष्ट्र अथवा देशको प्राण हो । शरीर र प्राणको जस्तो सम्बन्ध हुन्छ, देश र राष्ट्रियताको सम्बन्ध पनि त्यस्तै हुन्छ । यस उदाहरणबाट राष्ट्रियता भनेको भौतिक पक्षभन्दा पनि भावनात्मक पक्ष हो भन्ने बुझ्न सकिन्छ ।

अझ स्पष्टसँग भन्ने हो भने देशभित्रका नागरिकको सामूहिक चासो र चिन्ता नै राष्ट्रियता हो । मेची दुख्दा काली रुनु र काली दुख्दा मेची रुनु नै राष्ट्रियता हो । देश वा राष्ट्र भनेको माटो र भूगोल होइन, त्यो यथार्थमा जनता तथा जनताको भावना र विश्वास हो । त्यसैले राष्ट्रियता भनेको जनताको सामूहिक भावना हो । अहिले नेपाली राष्ट्रिय भावना एकपटक पुनः प्रखररुपमा प्रकट भएको छ । 

राष्ट्रियताको सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । समय समयमा प्रकट हुने समस्यालाई सामूहिकरुपमा समाधान गर्नुपर्दा सहजरुपमा उत्पन्न हुने एकताको जनभावना नै खास अर्थमा राष्ट्रियता हो ।

त्यसैले अहिलेको सरकारको नेतृत्वले पनि नेपाली जनतावाट व्यक्त सामूहिक भावलाई केन्द्रमा राखेर भारतसंग ‘डिल’ गर्नुपर्छ । ‘सत्ताको भविष्य’ अथवा ‘राजनीतिक सुरक्षा’को आधारमा ‘डिल’ गर्ने गलत सोच नेतृत्वले राख्यो भने नेपाली स्वाभिमानमा अर्को बज्रपात हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७३  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC