site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 मोदी–सी वार्तामा के भयो ? २० मिनेट समय तोकिएपनि लामो समय छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बिस्केक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सी जिनपिङ्गसँगको भेटमा पाकिस्तानलाई आतंकवादबाट मुक्त माहोल बनाउनु जरुरी भएपनि यस्तो नदेखिएको बताएका छन् । संघीय कोअपरेसन अर्गनाइजेसन(एससीओ)को बैठकमा भाग लिन अहिले भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी कीर्गिस्तानको बिस्केकमा रहेका छन् । 

मोदीले बिस्केक पुग्नासाथ सबैभन्दा पहिला चीनका राष्ट्रपति सीसँग भेटघाट गरेका थिए । भारतको लोकसभा निर्वाचनमा भाजपाको जीत, जैश ए मोहम्मद प्रमुख मसूद अजहरलाई संयुक्त राष्ट्र संघले विश्वव्यापी आतंककारीको सूचीमा राखेपछि दुई देशका नेताबीच पहिलो पटक भेटघाट भएको हो । भारतका विदेशसचिव विजय गोखलेका अनुसार दुई नेताबीच पाकिस्तानको विषयलाई लिएर संक्षेपमा कुरा भएको थियो । गोखलेका अनुसार भेटघाटका लागि २० मिनेटको समय तय गरिएको भएपनि तोकिएको समयभन्दा लामो समयसम्म दुईपक्षबीच कुराकानी भएको थियो । गोखलेका अनुसार प्रधानमन्त्री मोदीले पाकिस्तानको बारेमा कुराकानी भएको र दुवैपक्ष समश्याको शान्तिपूर्ण समाधानको पक्षमा रहेको जनाएका छन् ।

मोदीले चीनका राष्ट्रपतिसँगको भेटलाई निकै लाभदायक भएको बताएका छन् । एससीओको सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि सहभागी छन् । तर, भारतका प्रधानमन्त्री मोदीसँग पाकिस्तानका प्रधानमन्त्री इमरानको भेटघाटको कार्यक्रम तय हुन नसकेको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC