site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कंगोमा ‘डरलाग्दो’ इबोला ! कस्तो छ नेपाली शान्ति सेनाको अवस्था ?
Sarbottam CementSarbottam Cement

काठमाडौ । कंगोमा इबोला भाइरस फैलिँदै गएको भएपनि त्यहाँ रहेको संयुक्त राष्ट्र संघको शान्ति मिशनमा कार्यरत नेपाली सेनाको टोलीलाई कुनै खतरा नरहेको सेनाले जनाएको छ । 

नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डेले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘कंगोमा नेपाली शान्ति सेना रहेको भएपनि इबोला फैलिएको क्षेत्रमा कुनै खतरा छैन । त्यस्तो खतराको अवस्था आयो भने राष्ट्र संघले नै आवश्यक प्रक्रिया पूरा गर्छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

कंगो ठूलो देश भएको र टाइम जोन नै तीन वटा रहेको भन्दै प्रवक्ता पाण्डेले शान्ति सेना रहेको क्षेत्रमा कुनै खतरा नभएको जनाए । उनका अनुसार कंगोको शान्ति मिसनमा ८९६ जनाको एउटा टोली र करिब २०० जनाको छुट्टै टोली समेत गरेर कूल १००० जना भन्दा बढी त्यहाँ कार्यरत रहेको छ । 

बीबीसीले जनाएअनुसार कंगोमा फैलिएको इबोलालाई  स्वास्थ्य विज्ञहरुले ‘साँच्चै डरलाग्दो’ भन्ने टिप्पणी गरेका छन् । झण्डै एकहजार चारसयको सो रोगबाट त्यहाँ मृत्यु भइसकेको छ । वेलकम ट्रस्टका निर्देशक डा. जेरेमी फर्रारले  अहिलेको प्रकोप गएको सन् २०१३—२०१६को भन्दा डरलाग्दो भएको र अहिले रोकिने अवस्था पनि नदेखिएको जनाएका छन् ।

Global Ime bank

कंगोको छिमेकी युगाण्डामा पनि दुई जनाको इबोलाबाट मृत्यु भएको जनाइएको छ । युगाण्डामा इबोलाको  भाइरसबाट मंगलबार एक जना ५ वर्षिय बालकको मृत्यु भएको छ । बुधबार अर्की एक महिलाको पनि मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युगाण्डा सरकारले अन्य ६ जनामा पनि यस खालको रोग देखिएको जनाएको छ ।मानिसलाई जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगको जरुरत रहेको डा फर्रारले जनाएका छन् । कंगोमा गएको अगस्टमा पछिल्लो चरणमा इबोलाको संक्रमण देखिएकोमा अहिले सम्म १४०० जनाको मृत्यु भएको हो । २०१३—२०१६मा फैलिएको यो रोगबाट ११ हजार ३१०जनाको मृत्यु भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC