site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बिरामीको मृत्युलाई लिएर ओम अस्पताल र आफन्त आरोप–प्रत्यारोपमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चाबहिलस्थित ओम अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्त र अस्पताल आरोप–प्रत्यारोपमा उत्रिएका छन् । आफन्तले डाक्टरको लापरवाहीले मृत्यु भएको दाबी गरेका छन् भने अस्पतालले गम्भीर प्रकृतिको शल्यक्रिया भएकाले बिरामीको मृत्यु हुन पुगेको प्रष्टीकरण दिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० कीे ५० वर्षिया रामप्यारी  थापा मगरको आज बिहान उपचारको मृत्यु भएको थियो । पित्तथैलीको शल्यक्रिया गर्दा चिकित्सकले लापारवाही गरेको मृतकका आफन्तहरुले बताएका छन् । मृतकका बहिनी ज्वाइँ खड्ग श्रेष्ठका अनुसार गत बिहीबार पेट दुख्ने समस्या देखिएपछि रामप्यारीलाई ओम अस्पतालमा उपचारका लागि ल्याइएको थियो र अस्पतालले पित्तथैलीकोे पत्थरी भएकाले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बताएको थियो । शुक्रबार भर्ना गरेर सोही दिन डा. रविन कोइरालाको टोलीले शल्यक्रिया गरेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“डाक्टरको लापरवाहीले गर्दा आइतबार आन्द्राबाट दिसा आउन थालेपछि पुनः अपरेसन गर्नुपर्ने बताइएको थियोे । त्यसपछि आइतबार फेरि अपरेसन भयो,” उनले बाह्रखरीसँग भने, “बिरामीको डेढ मिटर आन्द्रा काम नलाग्ने भएको र काटेर फाल्नुपरेको बताएका थिए । त्यसयता उपचारमा संलग्न चिकित्सकले कहिले बिरामीको अवस्था राम्रो भएको र कहिले नराम्रो भएको बताउँदै आए ।” 

आज बिहान ७ बजे अस्पताल प्रशासनले प्रहरी लगाएर ‘तपाईंको बिरामीको मृत्यु भएको’ बताएको बहिनी ज्वाइँ श्रेष्ठले बताए । उनले भने, “अस्पतालको लापरवाहीले हाम्रो आफन्तको मृत्यु भयो । हामी प्रशासनमा जान खोज्दा प्रहरीले रोकेको छ । अस्पतालले यस विषयमा केही प्रतिक्रिया पनि दिएको छैन ।”

Global Ime bank

अस्पतालका मेडिकल डाइरेक्टर डा. केपी देवकोटाले भने पाठेघरको शल्यक्रिया तीनपटक भएकाले शल्यक्रिया गम्भिर भएको बताएका छन् । बिरामीको दूर प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरिएको देवकोटाले बताए । “बिरामीको आन्द्रा धेरै स्थानमा टाँसिएको थियो । लामो समय लगाएर शल्यक्रिया गरियो तर स्वास्थ्यमा सुधार आएन,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC