site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
को हुन् अष्ट्रेलियाविरुद्ध पाँच विकेट लिने अमिर ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तगर्त १७ औं खेलमा अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । 

पाँच पटकको च्याम्पियन अष्ट्रेलिया ३ सय ७ रनमा अलआउट भएको छ । विशाल लक्ष्य जोडेको अष्ट्रेलियाविरुद्ध पाकिस्तानका एक बलर चम्के । जसले कप्तान आरोन फिन्चसहित पाँच ब्याटसम्यानलाई पवेलियन फर्काए । उनी हुन् २७ वर्षीय मोहम्मद अमिर । 

Agni Group

जो एकदिवसीय क्रिकेट करिअरमा ५४ औं खेल खेलिरहेका छन् । कन्टी ग्राउण्डमा अमिरले अष्ट्रेलियाका कप्तान आरोन फिन्चलगायत उसमान ख्वाजा, सा मर्स, एलेक्स केरी, मिचेल स्टार्कलाई पभेलियन फर्काए ।  

पहिलो विकेटका रुपमा कप्तान फिन्चलाई आउट गर्दै उनले पाकिस्तानलाई ठूलो सफलता दिलाएका थिए । मर्सलाई २३ रनमा क्याच गरेका उनले ख्वाजालाई १८ रनमा वाहब रियाजमार्फत क्याच गराएका थिए । 

Global Ime bank

एलेक्स केरीलाई २० रनमा एलबीडब्लू धरापमा पारेका अमिरले मिचेल स्टार्कलाई ३ रनमा आउट गरे । आजको पाँच विकेटसँगै आमिरले एकदिवसीय क्रिकेट करिअरमा ७० विकेट लिएका छन् । उनले २००९ मा श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट सुरू गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC