site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
'टप अर्डरलाई आउट गर्न सके भारतविरुद्ध सहज जित'
Sarbottam CementSarbottam Cement

एजेन्सी । न्युजिल्याण्डका तीव्र गतिका बलर लकी फर्गुसनले टप अडरका ब्याटसम्यानलाई आउट गर्न सके भारतविरुद्ध जित निकाल्न सहज हुने बताएका छन् । भारत बिहीबार आफ्नो तेस्रो खेलमा शीर्ष स्थानमा रहेको न्युजिल्याण्डविरुद्ध खेल्दैछ ।

खेलअघि तीव्र गतिका बलर फर्गुसनले सुरुआती विकेटपछि भारतीय टोलीलाई दबाबमा राख्नसके जित निकाल्न सहज हुने बताएका हुन् । जारी विश्वकपमा ८ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा रहेका फर्गुसनको योजना सुरुआती विकेट नै जितको आधार रहेको छ । उनले भने, "जितका लागि जतिसक्दो छिटो सुरुआती ओपनरलाई आउट गर्नुपर्नेछ । यसो भएन भने पनि विकेटका लागि हरेक बलमा कोशिस गर्नुपर्ने छ ।’

Prabhu Bank
Agni Group
NIC Asia

एकदिवसीय क्रिकेट करिअरमा उनको औसत २९ दशमलव ०९ छ । भारतविरुद्धका तीन खेलमा उनको औसत ५९ दशमलव ६७ छ । उनले भारतविरुद्ध बलिङ गर्न चुनौति रहेको बताएका छन् । 

"भारतीय खेलाडी विश्वस्तरीय खेलाडी हुन् । तपाईं उनको सजिलै विकेट लिनसक्नु हुन्न् । तर उनीमाथि दबाब बनाउन सके सानो-सानो मौकामा पनि विकेट लिएर अघि जान सकिन्छ," उनले थपे, "भारतीय टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ र त्यही भएर प्रतियोगिताको उत्कृष्ट टोली हो । तर म इङ्ल्याण्डमा खेल्नका लागि आँतुर छु । किनकी लामो समयदेखि इङ्ल्याण्डमा हाम्रो प्रतिस्पर्धा भएको छैन् ।"

Global Ime bank

उनले अफगानस्तानविरुद्ध ३७ रन खर्चिएर ४ विकेट लिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC