site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

उत्तरप्रदेश (शामली) । उत्तर प्रदेशको शामली जिल्लामा लिकबाट बाहिर निस्केको रेलबारे समाचार कभरेज गर्न गएका एक पत्रकारलाई दुई प्रहरी मिलेर निर्घात कुटपिट गरेका छन् । पीडित पत्रकार अमित शर्माका अनुसार प्रहरीले हिरासतमा राखेर कुटपिट मात्रै गरेनन्, नाङ्गो पनि पारे र मुखमा पिसाबसमेत गरेका थिए ।
प्रहरी सादा पोशाकमा थिए । तिनले पत्रकार शर्मालाई घटनास्थलमै जथाभावी गाली गर्दै कुटपिटसमेत गरेका थिए । पत्रकारको माइक खोसेका थिए । प्रहरी पत्रकारमाथि जाइलागेको घटनाको भिडियो जब सोसल मिडियामा राखियो, तब त्यो भाइरल भयो । 
प्रहरीले क्यामेरा खोस्न लाग्दा त्यो भुइँमा खस्यो र उठाउन खोज्दा एक प्रहरीले कुट्न थालेको पत्रकारको आरोप छ । करिब २०० मिटर टाढासम्म आफूलाई कुटेको शर्माले बताएका छन् । कुट्दै लगेर ‘लकअप’मा बन्द गरेको, त्यसपछि मुखमा पिसाब फेरेको उनको आरोप छ । 
रेलवेको बारेमा समाचार आएको विषयमा प्रहरीहरु निकै रिसाएको र त्यसको बदला लिएको बताइएको छ । शामली जिल्लाको धिमानापुरमा मालबाहक रेलले लिक छाड्दा केही डिब्बा उछिट्टिएर बाहिर पुगेको थियो । डिब्बा बाहिर पुगेपछि त्यहाँको ट्राफिक जाम भएको थियो ।    
पत्रकारमाथि कुटपिट गर्ने प्रहरीका जीआरपी एसएचओ राकेश कुमार र कन्स्टेबल सञ्जय पवारलाई निलम्बन गरिएको छ । पत्रकारमाथि अमानवीय व्यवहार गर्ने प्रहरीलाई कडा कारबाही गरिने उत्तरप्रदेशका डीजीपी ओपी सिंहले बताएका छन् । कारबाहीको घोषणा हुनुअघि बुधबार बिहानै पत्रकारहरुले आरोपी प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए ।  
(नवभारत टाइम्स) 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC