site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘राजाका पालाको ‘स्कुल’ भत्किएको छैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको व्यवस्था परिवर्तन भए पनि परम्परागत राज्य संयन्त्र नबदलिएको बताएका छन् ।

बुधबार चितवनमा अच्युतराज सुवेदीको स्मृति सभामा बोल्दै प्रचण्डले भने, “राज्य संरचनाको उही पुरानै स्कुल छ । पञ्चायतको बेलामा जे स्कुल चलेको थियो, अहिले पनि त्यही छ । नीति–नियम पनि तिनै छन् । नियम कानुन बदलिहालियो भने पनि काम गर्ने तरिका, सोच र शैली उही छ । आन्दोलन, परिवर्तनको घोषणापछि के लडाइँ पर्दोरहेछ भने, नेतृत्वले जित्छ कि, परम्परागत ढंगले चल्दै आएको राज्य संयन्त्रले जित्छ ?”
उनले अहिले नेतृत्व र राज्य संयन्त्रका बीचमा यही लडाइँ भइरहेको अर्थ्याए । ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो एककिसिमको अनदेखा लडाइँ छ,” उनले भने, “त्यो माथिले देख्छ, तलकाले देख्दैनन् ।” राजनीतिक नेतृत्वले राज्य संयन्त्रलाई बदल्छ कि, राज्य संयन्त्रले नेतृत्वलाई आफूजस्तै बनाउँछ, यही नै आजको द्वन्द्व भएको उनको विश्लेषण थियो ।

यो विगतका परिवर्तनका पालादेखि नै हुँदै आएको र यसपटक पनि निरन्तरता पाउने हो भने देश दुर्घटनामा जाने उनले खतरा औँल्याए ।

Global Ime bank

“यो पटक हामीले गरेको परिवर्तन गुणात्मक प्रकृतिको छ । राजतन्त्र, एकात्मक शासन प्रणालीको अन्त्य भयो, संघात्मक, समावेशी भयो,” उनले भने, “२०४६ सालको परिवर्तनपछि नेतृत्व सही ढंगले नचल्दा राजा निरङ्कुश ढंगले अघि बढ्न खोजे, त्यो पनि एक प्रकारको दुर्घटना नै थियो, अब दुर्घटना भयो भने झन् भयानक हुन्छ । किनकि गुणात्मक परिवर्तन उल्टियो भने हामीले इतिहासमा नदेखेको दुर्घटना विज्ञानको नियमअनुसार नै हुन्छ ।”

“हामीले यस्ता कार्यक्रममा लिनुपर्ने संकल्प यो पनि हो– यसपटक राजनीतिक नेतृत्व हार्ने छैन,” उनले जोड दिए । कार्यक्रममा प्रचण्डले सरकारले जनभावना, जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकारे ।
उनले चुनावका बेलामा भ्रष्टाचार अन्त्य, सुशासनको नारा दिएको र जनताले अनुमोदन पनि गरेको बताउँदै तदनुरूप काम हुन नसकेको बताए । उनले सरकारको कामको इमान्दार समीक्षा गर्दै जनअपेक्षाअनुरूप अघि बढ्नुको विकल्प नरहेको समेत औँल्याए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC