site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसदीय समितिको निर्देशन नमान्न लोकसेवालाई मिश्रको आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिसँग माग गरेका छन् । संयोजक मिश्रले संसदीय समितिले दिएको सो निर्देशन नमान्न लोकसेवा आयोगको पनि ध्यानाकर्षण गराए । 

लोकसेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने उनको तर्क छ । बुधबार संसदीय समितिले दिएको सो निर्देशन फिर्ता लिन दबाब दिँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका युवाहरुलाई सम्बोधन गर्दै संयोजक मिश्रले लोकसेवा आयोगलाई राज्य व्यवस्था तथा सुशासन समितिले दिएको सो निर्देशन नमान्न दबाब दिन पनि आह्वान गरे । 

Agni Group

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोकसेवा आयोगलाई निर्देशन दिएको थियो । संसदीय समितिको सो निर्देशनले युवा, विद्यार्थीहरुलाई प्रतिस्पर्धाको आधारमा लोक सेवा आयोगको परीक्षाबाट उतीर्ण भएर जागिर खाने आफ्नो अधिकार हनन् गरेको संयोजक मिश्रको भनाइ छ ।
 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC