site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देशभरका छ स्थानमा आगलागी, ५ करोड ६० लाखको क्षति
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मुलुकका विभिन्न छ स्थानमा आगलागी हुँदा ५ करोड ६० लाख ९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार र बुधबार (आज) ईलाम, काठमाडौं, दाङ, धनुषा, सिराहा र भक्तपुरमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो । 
प्रहरीका अनुसार इलाम नगरपालिका–४ स्थित जोशी हाईड्रोपावरको जेनेटरमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब ५ करोड रुपैयाँ बराबरको जेनेटर जलेर नष्ट भएको छ । यस्तै काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने टेक नारायण श्रेष्ठको शानदार मःमः पसलमा ग्यास लिक भई आगलागी हुँदा पसलको फर्निचर र खाद्यान्न लगायत सामानहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा २८ वर्षीय रामकृष्ण बुढाथोकी गम्भीर घाइते भएकाले कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । 
दाङको बंगलाचुली गाउँपालिका–५ रोकीनी डाँडा बस्ने भिम बहादुर पुनको कच्ची घर र छिमेकी लोक बहादुर पुनको घर र गोठमा आगलागी भएको छ । आगलागीमा २ वटा घर र १ वटा गोठ जली १९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया बस्ने राम दयाल यादवको कच्चि घरमा फोहोरमैला डढाउन लगाएको आगोबाट आगलागी हुँदा बस्तीमा फैलिएर राम दयाल समेत ३ जनाको ३ वटा कच्ची घर जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सिराहा, लहान नगरपालिका–१३ शिव चोक बस्ने रामशरण महतोको कच्ची घरमा आगलागी हुँदा घर जलेर करिब २ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–५ नगदेशस्थित तुल्सी जुजुको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर तथा विभिन्न सामान जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC