site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतबाट ३६१ स्थानमा नेपाली सीमा अतिक्रमण, दशगजामा नै भारतीय अस्पताल
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतले पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३६१ स्थानमा नेपाली भूमि अतिक्रमण गरेको पाइएको छ । योबाहेक नेपाली भूमि मिच्ने र कब्जा गर्ने कार्यमा ८४१ भारतीय नागरिक पनि छन् । 

नेपाल–भारत सीमा १८ सय किलोमिटर दूरीसम्म जोडिएको छ । इलामदेखि कञ्चनपुरबाहेक दार्चुलामा भारतले कालापानी समेत आफ्नो कब्जामा लिएको छ । सीमा सुरक्षाको मुख्य दायित्व निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बलको अध्ययनअनुसार इलाममा भारतले ९ स्थानमा सीमा अतिक्रमण गरेको छ ।

Agni Group

झापामा भारतीय पक्षबाट तीन स्थानमा सीमा अतिक्रमण भएको छ । मोरङमा पाँच स्थानमा भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमित हुँदा सुनसरीमा २० स्थानमा सीमा अतिक्रमणमा परेको छ । मोरङमा भारतीय पक्षले दशगजा नजिक पक्की, कच्ची सडक, पर्खाल र मन्दिरसमेत निर्माण गरेको पाइएको छ । सप्तरीमा १२ स्थानमा अतिक्रमण गरिएको छ भने सिरहामा २५ स्थानमा सीमा भारतीय पक्षले अतिक्रमण गरेको छ । सप्तरीका दुई स्थानमा भारतीय पक्षले कलभर्ट नै निर्माण गरेको छ । सिरहामा पनि भारतीय पक्षले नेपाली भूमि कब्जा गरेर पक्की सडक निर्माण गरेको पाइएको छ ।

धनुषामा भारतीय पक्षले ३५ स्थानमा नेपाली भूमिमा कब्जा जमाएको छ भने महोत्तरीमा १९ स्थानमा अतिक्रमण गरेको छ । महोत्तरीमा केही स्थानमा भारतीय पक्षले कब्जा गरेको नेपाली भूमिमा बाटो नै बनाएको पाइएको छ । सर्लाहीका ८४ स्थानमा नेपाली भूमि अतिक्रमणमा परेको छ । सर्लाहीमा भारतीय पक्षले दशगजामा माटो भरेर सडक निर्माण गरेको पाइएको छ । अन्तरराष्ट्रिय मान्यताअनुसार दशगजामा कुनै पनि कार्य गर्दा दुवै देशको अनिवार्य सहमति आवश्यक हुन्छ । यस्तै रौतहटमा ७ स्थानमा नेपाली भूमि मिचिएको छ भने बारामा ४ स्थानमा । रौतहटमा भारतीय पक्षले बाँध नै निर्माण गरेको छ भने बारामा बाटो, बाँध र कुलोसमेत भारतीय पक्षले नेपाली भूमिमा निर्माण गरेको छ ।

Global Ime bank

सबैभन्दा बढी भारतीय पक्षले पर्सामा नेपाली भूमि अतिक्रमण गरेको पाइएको छ । पर्सामा मात्रै १२१ स्थानमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको छ । पर्सामा दशगजामा नै भारतले कुष्ठरोग अस्पतालसँगै मन्दिर निर्माण गरेको पाइएको छ । नवलपरासीमा भारतीय पक्षले १४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । २०३४ सालमा नारायणी नदीमा ठूलो बाढी आउँदा नेपालतर्फको कुल भूभागको क्षेत्रफल ४० हजार ९ सय हेक्टर कायम थियो । बाढी आएपछि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको थियो ।

नवलपरासीको सुस्ता क्षेत्र अन्तरराष्ट्रिय रुपमा नै सीमा मिचिएको विषयले चर्चित छ । कैलालीमा पनि भारतीय पक्षले सीमा अतिक्रमण गरेको पाइएको छ । कतिपय स्थानमा सीमास्तम्भ नै भत्काइएको छ । भारतीय सीमा अतिक्रमणका कारण चर्चामा रहेको सुदूरपश्चिमको जिल्ला हो, कञ्चनपुर । कञ्चनपुरमा भारतीय पक्षले १७ स्थानमा सीमा मिचेको छ । भारतीय पक्षले खासगरी ब्रह्मदेव क्षेत्रमा बाँध निर्माण, पिल्लर सारिएको, अस्थायी चेकपोस्ट निर्माण गरेको र नेपाली भूमिमा भारतीय पक्षले तारबारसमेत गरेको पाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC