site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा ६० लाखलाई प्रभावित पार्ने चक्रवात वायु आउँदै, नेपालमा पनि असर पर्नसक्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र गुजरातमा भोलि (बिहीबार) चक्रवात ‘वायु’ आउने पूर्वानुमानले आतंक मच्चिएको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने मौसमविद्ले बताएका छन् । 

मौसमविद् गंगा नगरकोटीले बाह्रखरीसँगको कुराकानीमा भनिन्, ‘‘चक्रवात वायु नै नेपाल आइपुग्ने सम्भावना छैन । तर, वर्षा भने हुन सक्छ । त्यसको असरले आउने जलवाष्प र वर्षा अपरान्हतिर हुन सक्छ ।’’
आज बिहान भारतको उत्तराखण्ड हुँदै आएको पश्चिमा वायु भने फरक भएको मौसमविद् नगरकोटीले बताइन् । सो वायुको असर आज बिहान नेपालको सुदूरपश्चिम क्षेत्रमा देखिएको थियो । 

Agni Group

सीएनएनका अनुसार आगामी २४ घण्टाभित्रै आउने चक्रवात वायुबाट भारतको गुजरातमा करिब ६० लाख मानिस प्रभावित हुने भारतीय अधिकारीहरुले बताएका छन् । करिब ३ लाख मानिसलाई विभिन्न ७ सयवटा सेल्टरमा सार्न लागिएको भारतको गृह मन्त्रालयका प्रवक्ताले बुधबार बताएका छन् । प्रभावित क्षेत्रका  विद्यालय र कलेजहरु शुक्रबारसम्मका लागि बन्द गरिएका छन् । 

१२० किमी प्रतिघण्टाको दरले आउने अनुमान गरिएको यो वायु विगत एक दशककै उत्तर पश्चिम भारतमा आएको सबैभन्दा ठूलो धक्का हुने जनाइएको छ । उत्तरपूर्वी भागमा एक महिनाअघि फानी आँधीले आतंक मच्चाएको थियो । बुधबार चक्रवात वायु मुम्बईको २०० किमी पश्चिममा आइपुगेको बताइएको छ । उक्त चक्रवात भोलि विहीबार गुजरातमा पुग्नेछ । ३९ जनाको नेशनल डिजास्टर रेस्पोन्स फोर्स टिमलाई सम्भावित प्रभावित क्षेत्रमा पठाइएको छ । सेनाको ३४ टोली पनि तैनाथ राखिएको जनाइएको छ ।

Global Ime bank

सो चक्रवात वायु सोमबार बनेको र मंगलबार शक्तिशाली भएको हो । सो वायु अरेबिया समुन्द्रबाट आएको हो । भारतको गुजरातमा गएको २० वर्ष यता यसखालको शक्तिशाली वायु नआएको जनाइएको छ । मछुवारहरुलाई भोलि काममा नजान भारतमा निर्देशन दिइएको छ । वायुका अतिरिक्त २०० मिलिमिटर क्षेत्रमा वर्षा पनि हुन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् ।

सो क्षेत्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह क्षेत्र पनि हो । भारतका गृहमन्त्रीले भोलिको अवस्थाको आकलन गर्न विशेष बैठक समेत डाकेको भारतीय सञ्चार माध्यमले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC