लागुऔषध बरामद गर्न जाँदा प्रहरीमाथि नै आक्रमण 

प्रहरीले गोली चलाउँदा एक घाइते

लागुऔषध बरामद गर्न जाँदा प्रहरीमाथि नै आक्रमण 

पोखरा । पोखराको उत्तम चोकमा गोली चल्दा एकजना घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते हुनेमा पोखरा महानगरपालिका– १० का ३० वर्षीय गोविन्द थापा रहेका छन् ।

आज बिहान ११ बजे प्रहरी सोही ठाउँकै एक क्याफेमा लागुऔषध पक्राउ गर्ने क्रममा जाँदा थापाले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । जवाफमा प्रहरीले गोली प्रहार गरेको बताएको छ ।
आक्रमणबाट प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी पनि सामान्य घाइते भएका छन् ।

प्रहरीको गोली लागी घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रहरीले उनको साथबाट ५०० थान नुर्फिन र फिनारगन ५०० थान प्रतिबन्धित लागुऔषध बरामद भएको जनाएको छ । साथै घटनास्थलबाट ग १३ प ८२२८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
ad