site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘ओलीले पर्यटन मन्त्रालय सम्हालेपछि नेवानिमा अढाई अर्ब घाटा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेबाट नेपाल वायु सेवा निगमले झण्डै अढाई अर्ब रुपैयाँ घाटा ब्यहोरिसकेको आरोप लगाएको छ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री ओलीले नागरिक उडड्यन मन्त्रालय सम्हालिसकेपछि निगमले झण्डै अढाई अर्ब रुपैयाँ घाटा ब्यहोरिसकेको आरोप लगाएका हुन् । 

उनले २५ अर्ब रुपैयाँ ऋण काढेर खरिद गरिएका वाइड बडी विमानले उडान भर्न नसक्दा निगमलाई दैनिक डेढ करोड रुपैयाँ घाटा भइरहेको तथ्य पनि संसदमा प्रस्तुत गरे । ‘‘जुलाई ४ बाट वाइडबडी जहाजले जापानका लागि उडान भर्ने भनिएको थियो, तर विभिन्न बहानामा त्यो स्थगित गरियो । जसका कारण प्रत्येक दिन डेढ करोड घाटा भइरहेको छ,’’ सांसद कँडेलले भने, ‘‘सम्माननीय प्रधानमन्त्रीले मन्त्रालय सम्हालिसकेपछि अहिले नेपाल वायु सेवा निगमले झण्डै अढाई अर्ब रुपैयाँको घाटा व्यहोरिसक्यो ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रधानमन्त्री ओलीले भन्दै आएको ‘भ्रष्टाचारमा शून्य सहनशिलता’ को अभिव्यक्ति स्मरण गराउँदै थपे, ‘‘हाम्रा प्रधानमन्त्रीज्यूको जुन दृढ संकल्प छ र महानवाणी छ– सम्पूर्ण मन्त्रालयहरुमा न भ्रष्टाचार हुन दिन्छु, न गर्छु भन्ने सर्वविदित्तै छ । उहाँले सम्हाली राखेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र त्यहाँ २५ अर्ब रुपैयाँ ऋण काढेर ल्याइएका वाइड बडी जहाजहरु आए दिनदेखि नै भ्रष्टाचारको घेरामा रुमल्लिएका छन् ।’’  

सांसद कँडेलले वाइड बडी विमानको टिकट बुकिङका लागि बिनाटेण्डर मनोमानी ढंगले कुनै अमूक कम्पनीलाई दिइएको भन्दै आपत्ति जनाए । उनले बिनाटेण्डर मनोमानी रुपमा टिकट बुकिङको जिम्मा दिने काममा पाँच करोडको भ्रष्टाचार भएको पनि दाबी गरे । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC