site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अध्ययन भन्छ– उत्तर कोरियामा मृत्युदण्ड दिने ३१८ स्थान
Sarbottam CementSarbottam Cement

उत्तर कोरियामा सार्वजनिक रुपमा मृत्युदण्ड दिनका लागि ३१८ वटा स्थान तय गरिएको र त्यो आफूले पत्ता लगाएको दक्षिण कोरियाको एक गैरसरकारी संस्था (एनजीओ)ले दाबी गरेको छ । उक्त एनजीओले रिपोर्ट तयार पार्न ४ वर्ष लगाएको र ६१० जना (जसले उत्तर कोरिया छाडिसके)सँग कुरा गरेको थियो । 

रिपोर्टमा दशकौंदेखि त्यहाँ दिइँदै आएको मृत्युदण्डको विवरणसमेत राखिएको छ । मृत्युदण्ड पाउने मानिसको अपराधमा दक्षिण कोरियाली टेलिभिजन हेरेकोदेखि लिएर गाई चोरेको आरोपसमेत रहेको छ । एनजीओका अनुसार सार्वजनिक रुपमा मृत्युदण्ड दिने स्थानमा नदी, बजार, विद्यालय तथा खेलमैदान रहेका छन् । 

यसरी दिइने मृत्युदण्ड हेर्नका लागि हजार जनाभन्दा बढी मानिस जम्मा पार्ने गरिन्छ । मृत्युदण्ड पाउने व्यक्तिको परिवारका बालबालिकालाई समेत हत्या हेर्न बाध्य पार्ने गरिएको रिपोर्टमा दाबी गरिएको छ । मृत्युदण्ड पाउने व्यक्तिको शव उसको परिवारलाई विरलै दिने गरिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रिपोर्टअनुसार हालसम्म मृत्युदण्ड पाउने सबैभन्दा कम उमेरको व्यक्तिमा ७ वर्षको बच्चा रहेका छन् । कतिपय सार्वजनिक मृत्युदण्डको सजाय जेल र श्रमिक शिविरमा दिइएको छ, जहाँ राजनीतिक अपराधको सजाय भोगिरहेका मानिसलाई शारीरिक परिश्रम गर्न लगाइन्छ । 

देश छाडेका एक जनाले भने, ‘‘सन् २००० को सुरुआतमा उत्तर कोरिया छाडेर चीन भाग्ने प्रयास गरेका तीन महिलालाई दिइएको मृत्युदण्ड हेर्न ८० कैदीलाई बाध्य पारिएको थियो ।’’ उनका अनुसार त्यसबखत मन्त्रालयका सुरक्षा अधिकारले ठूलो आवाजमा भनेका थिए, ‘‘तिमीहरुको हालत पनि यस्तै हुन सक्छ ।’’ 

Global Ime bank

रिपोर्टअनुसार यस्तोखालको हत्या मानिसमा डर उत्पन्न गराउने उद्देश्यले गरिन्छ, सरकारलाई मन नपरेको काम नागरिकले नगरुन् भन्ने चाहना राखेर । देश छाडेको मानिसका अनुसार अधिकांश मृत्युदण्ड गोली ठोकेर दिइन्छ । प्रायः तीन बन्दुकधारीले दोषीमाथि तीन पटक गोली हान्छन् । 

मृत्युदण्ड दिने मानिस नशामा चुर रहने एनजीओले अन्तरवार्ता गरेका व्यक्तिहरुले बताए । एक जनाले भने, ‘‘यस्तो किन पनि गरिन्छ भने, कुनै व्यक्तिको ज्यान लिनु भावनात्मक रुपमा सहज हुँदैन ।’’ फाँसीको सजायबारे सार्वजनिक रुपमा कम सङ्ख्या बताइएको छ । एनजीओको रिपोर्टमा कतिपय मानिसको त छाला निकालेर हत्या गर्ने गरिएको समेत उल्लेख छ । 

यो रिपोर्ट तयार गर्नेमध्येका एक एथन सिनले एएफपीसँग भने, ‘‘यस्तो लाग्छ सार्वजनिक रुपमा हत्या गर्ने कार्यमा गिरावट आएको छ । तर प्योङयाङले अधिक गोपनीयताका साथ यो काम जारी राखेको हुन सक्छ, किनकि उसलाई पनि सामान्य देशको सूचीमा आफूलाई पार्नुछ ।’’ 

(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC