site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए । सङ्गीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् । 

प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीन घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन् । मीना मृतक सङ्गीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । 
रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC