आउन लागेको नयाँ कानुनविरुद्ध हङकङको सडकमा हजारौंको प्रदर्शन

आउन लागेको नयाँ कानुनविरुद्ध हङकङको सडकमा हजारौंको प्रदर्शन

हङकङ । हङकङबाट चीनको मुख्य भूभागमा सुपुर्दगी गर्न सकिने व्यहोरासहितको विधेयक अघि बढाइएको विरोधमा सडकमा उत्रिएका स्थानीय बासिन्दाले बुधबार बिहानैदेखि हङकङको सरकारी कार्यालय घेराउ गरेका छन् । सर्बसाधारणले मास्क र हेल्मेट लगाएर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्यास प्रयोग गर्नुका साथै उनीहरुलाई बल प्रयोगको धम्की पनि दिइएको छ । सो विधेयक अहिले लेगिस्लेटिभ काउन्सिलले ढिलाई गरिरहेको छ । सो विधेयकका बारेमा मतदान यही जुन २० मा हुने जनाइएको छ ।
सो विधेयकको विरुद्ध हङकङमा केही दिनयता नियमित रुपमा भइरहेको प्रदर्शनमा हजारौं मानिसहरु सडकमा निस्केका  छन् । प्रदर्शनमा संलग्नमा धेरैजसो युवा र विद्यार्थीहरु रहेका छन् ।
(बीबीसी)
 

प्रतिकृया दिनुहोस
ad