अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्तासम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफका प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे । सम्झौतापछि ग्लोबल आईएमईका सबै शाखामार्फत सन नेपालका जीवन बीमा योजना खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६ ०८:५७
प्रतिक्रिया दिनुहोस्